अमेरीकी राष्ट्रपतिका लागि क्लिन्टनको अवस्था बलियो


प्रकाशित मिति :2016-09-29 09:42:39

महिला खबर

hilary1
एजेन्सी। सामान्यतया निर्वाचनको समयमा राष्ट्रपतीय उम्मेद्वारका विभिन्न विषयमा उनीहरुको क्षमताको तुलना गरिन्छ। तर यो बर्षको अमेरीकी निर्वाचन अलि फरक छ। राष्ट्रपतीय पदको दौडमा उम्मेद्वार रहेका दुई जना हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पको तुलना  गर्नु एउटा परिणामविहीन अभ्यास जस्तो देखिन्छ। न्यूयोर्क टाइम्स लेख्छ ‘एकातिर एउटा उम्मेद्वार हिलारी जसको  अमेरीकी इतिहासमा लामो समय सेवा गरेको र वास्तविक र व्यवहारिक सोच सहितको पृष्ठभूमी छ भने अर्का तर्फ ठिक विपरित र सबै भन्दा खराव उम्मेद्वार मानिएका ट्रम्प, जसले आफ्नोबारेमा र आफ्ना योजनाका बारेमा कुनै तथ्य बताएका छैनन् तर जनतालाई चन्द्रमा र जुनतारा ल्याइदिने बाँचा गर्दछन् ।’

डेमोक्रेटिक पार्टीका तर्फबाट ६८ वर्षीया हिलारी क्लिन्टन ले विभिन्न पदमा रहेर राज्य सञ्चालनको अभ्यास गरिसकेकी छन् । उनी सन् २००९ देखि २०१३ सम्म संयुक्त राज्य अमेरिकाकी ६७ औं सचिव थिइन् । उनी पार्क रिजको सानो सहरमा हुर्केकी हुन्  । बिल क्लिन्टनकी पत्नी हिलारी प्रथम महिला रहिसकेकी छन्। सन् १९६९ मा वेलिस्ले कलेजबाट स्नातक र याले ल स्कुलबाट सन् १९७३ मा डक्टर अफ जुरिसप्रुडेन्स गरेकी हुन् । उनले केही समय कानुन व्यवसायीका रूपमा अभ्यास पनि गरिन् । उनी न्युयोर्ककै पहिलो महिला सिनेटर पनि हुन् । सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तान युद्धका पक्षमा उनले मत दिएकी थिइन् । २००९ देखि २०१३ सम्म ओबामा प्रशासनमा विदेशमन्त्रीको हैसियतले उनले अरब विद्रोहको सामना गरिन् । ४० बर्षको हिलारीको सार्वजिनक जिवनमा उनले अमेरिकी समस्या राम्ररी बुझेकी छन् र  समाधानका लागि कामहरू पनि गरिसकेको अनुभव रहेको छ।

उनले महिला तथा बालबालिका सम्बन्धिपनि काम गरेको अनुभव रहेको छ र  उनले अमेरीकाको प्रथम महिला रहँदा १९९५ मा बेईजिङ घोषणा गर्दाका बखत दिएको भाषण प्रभावशाली मानिन्छ। उनले त्यसबेला भनेकी थिइन् ‘महिला अधिकारहरू पनि मानव अधिकार हुन् ।’

hillary-clinton-vs-donald-trump
रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका प्रत्यासी ७० वर्षीय डोनाल्ड जोन ट्रम्प लेखक, व्यवसायी र टेलिभिजन प्रस्तोता हुन् । उनी ‘द ट्रम्प अर्गनाइजेसन’ का अध्यक्ष पनि हुन् । द ट्रम्प अर्गनाइजेसनले घरजग्गा सम्बन्धि कारोबार गर्ने गर्दछ । न्युयोर्कमै जन्मे हुर्केका ट्रम्पले ‘पेन्सिलभेनिया विश्वविद्यालय’ बाट अर्थशास्त्रमा सन् १९६८ मा स्नातक गरेका थिए ।  व्यावसायिक जीवनमा उनले होटेल, क्यासिनो, गल्फ कोर्सलगायत विभिन्न क्षेत्रको निर्माणमा हात हालेका छन् । उनी संसारकै पाँच सय अर्बपतिहरूमध्ये पर्छन् ।

गत सोमवार उम्मेद्वारबिच पहिलो प्रत्यक्ष टेलिभिजन पनि वहस भएको थियो र सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

विषयबस्तुदेखि प्रस्तुतिसम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरूमा देखाइएको छ । सोमबारको बहसमा देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातियमुद्दालगायतका विषयमा केन्द्रीत वहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए ।

क्लिन्टन बोल्दा ट्रम्पले बारम्बार रोक्ने प्रयास गरेका थिए ।  ९० मिनेट लामो सो बहस १० करोड मानिसले हेरेको बताइएको अहिलेसम्मकै ठूलो बहस हो । पछिल्ला मत सर्वेक्षणले क्लिन्टन र ट्रम्पबीच कडा प्रतिष्पर्धा हुने देखाएको छ ।

यी दुई राष्ट्रपति पदका प्रत्यासीका विभिन्न विषयमा मत बाझिन्छन् खासगरि आप्रवासीका सम्बन्धमा, स्वास्थ्योपचार सम्बन्धमा, गर्भपतन सम्बन्धमा,  न्यूनतम ज्यालादर,  इराक सम्बन्धमा र विश्वतापमानका  सम्बन्धमा।

गर्भपतन सम्बन्धमा ट्रम्प भन्छन्- बलात्कार, जबरजस्ती र आमाको जीवनको जोखिमबाहेक अन्य समयमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ भने  यस सम्बन्धमा क्लिन्टन धारणा भने यस्तो रहेको छ- यो महिलाको अधिकार हो  र अभिभावकत्व पनि सुनिश्चित गरिनुपर्छ जसले महिलालाई अप्ठ्यारो स्वास्थ्यस्थिति र प्रजननसम्बन्धी समस्यामा सहज हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: