महिला खबर
काठमाडौं । सत्तारुढ नेकपा माअाेवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेण्टर नेपालको पहिले राष्ट्रिय एकता महाधिवेसन काठमाडौंमा सुरु भएको छ । महाधिवेसनले दुईजना पदाधिकारी र नाै जना महिला केन्द्रीय सदस्यसहित ९५ सदस्यीय केन्द्रीय समितिको चयन गर्ने छ ।
महाधिवेसनको उद्घाटन गर्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संविधानलाई सर्वस्वीकार्य बनाइ कार्यान्वयन गर्ने आफ्नो मुख्य कार्यभार रहेको बताउनुभयो । हरेक परिवर्तनमा संचारमाध्यमले निर्णायक भूमिका खेलेको भन्दै उहाँले यसका लागि पनि यस्तै भूमिका आवश्यक रहेको बताउनुभयाे। सवै दल एकठाउँमा नआइ संविधान कार्यान्वयन संभव नभएको उहाँको भनाइ थियो ।
१० वर्षपछि भएको उक्त महाधिवेशन भोलीसम्म चल्नेछ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेसनमा भाग लिन देशभरीबाट छ सय प्रतिनिधि सहभागी भएको प्रेस सेण्टर नेपालले जनाएको छ ।
महाधिवेशनले ९५ पन्चानब्बे सदस्यीय कार्य समिति चयन गर्ने जनाइएको छ । ९५ जनामा एकजना उपाध्यक्ष र एकजना सचिव गरी पदाधिकारीमा दुईजना र केन्द्रीय सदस्य नौजना गरी ११ जना महिला हुनेछन् । अध्यक्षसहित एकजना वरिष्ठ उपाध्यक्ष, खुल्लाबाट तीनजना उपाध्यक्ष र एक महिलासहित समावेशी दुईजना उपाध्यक्ष, एकजना महासचिव र एक उपमहासचिव चुनिनेछन् ।
यसैगरी सचिव खुल्ला तर्फ पाँचजना, एकजना महिला सचिव, आदिवासी जनजाति सचिव एक, मधेसी सचिव एक, दलित सचिव एक र कोषाध्यक्ष एक गरी प्रेस सेण्टर नेपालको १९ जना पदाधिकारी हुने व्यवस्था छ ।
Comment Here!