सार्वजनिक सवाल महिला कै धेरै


प्रकाशित मिति :2016-09-29 15:14:58

विदुर आचार्य

ph2सिन्धुपाल्चोक । तीन बाली लाग्ने खेत वेचेर ग्रामीण सडकमा जोडिएको घडेरी किनेकी कुविण्डेकी दीर्घकुमारी श्रेष्ठको घरको नक्सा पास भएन। भूकम्प पीडितले पाउने अनुदानको पहिलो किस्ता बुझिसकेकी श्रेष्ठको अरु कतै घडेरी छैन। अनुदानको पहिलो किस्ता त पाएँ अव मैले कहाँ घर बनाँउ?

बुधवार चौतारा नगरपालिका ५ र ६ को संयुक्त वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेसँग उनले यो प्रश्न राखिन्।

भूकम्पमा आफ्नो वुबा गुमाएकी सिम्पानीकी उर्मिला सापकोटा घर पुर्ण क्षति भएपछि अहिलेसम्म भाडामा वस्छिन्। पीडित परिचय पत्र बन्यो, राहत पनि नपाएको होइन।

तर, अनुदान रकम पाउन लाभग्राही सूचिमा उर्मिलाको नाम निस्केन। सार्वजनिक सुनुवाईमा उर्मिलाले आफ्नो नाम लाभग्राही सूचिमा नपर्नुको कारण जान्न चाहिन्। सँगै आफूले दर्ता गरेको गुनासोको फर्छ्यौट कहिले हुन्छ भनी उनले सोधेकी छन्।

चौताराकी आकृती घलेले आफ्नो ठेगाना नगरपालिका र त्यो पनि सदरमुकाम भएर पनि आफूले कुनै सुविधाको अनुभव गर्न नसकेको तीतो यथार्य पोखिन्।public-hearing-2

नियमित सडक सञ्चालन हुन नसक्दा नगरपालिकामा समेत एम्वुलेन्स सेवा सहज हुन नसकेकोमा उनको आक्रोस थियो। ‘सानो बजार छ, तर सँधै जाम हुन्छ, अस्तब्यस्त हुन्छ।’ उनको सवाल छ,’सामान्य बाहेकका सबै स्वास्थ्य समस्या जिल्ला अस्पतालले समाधान गर्न सक्दैन।’

आकृतीको जस्तै कुविण्डेकी सीता नेपालीको पनि सामाजिक अवस्था र चुनौतीकै सवाल रह्यो। स्वास्थ्य सँगै हरेक सामाजिक गतिविधिमा संलग्न हुने महिला स्वास्थ्य स्वयम्सेविकाले न्यूनतम पारिश्रमिकमा काम कहिलेसम्म गर्नुपर्ने हो भनी जिज्ञासा राखिन्। योसँगै सडक नियमित नहुँदा पुननिर्माणमा समस्या भएकाले सडक सञ्जाल सहज वनाउन उनले अनुरोध गरिन्।

कार्यक्रममा स्थानियस्तरमा काम गरिरहेका सामाजिक संस्थाको कार्य प्रतिवेदनप्रति इङि्गत गर्दै सीताले भनिन्,’यति धरै संस्थाका अनगिन्ति कार्यक्रम र वजेट छ, तर स्थानियको आवश्यकता सम्वोधन गर्ने कार्यक्रम सीमित मात्र छ किन?’

राजनीतिक दललाई दुरदृष्टि राख्न भन्दै सवै निकायलाई पारदर्शी हुन समेत उनको आह्वान छ। उनले भनिन्,’मनोसामाजिक परामर्श, तालिम, आयआर्जन शीर्षकमा धेरै वजेट देखिन्छ तर उपलब्धी बजेट अनुरुप देखिँदैन। अव सवै निकायले सार्वजनिक सूचनाको पहुँच बृद्धि अनिवार्य गर्नुपर्छ।’ स्थानीय नागरिकको समस्या बुझ्न चौतारा नगरपालिकाले उक्त सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: