अस्पतालको सम्पूर्ण सेवा बन्द भएपछि विरामीहरू समस्यामा


प्रकाशित मिति :2016-09-29 15:48:45

सर्मिला बुढाथोकी

बन्द प्रस्तावित चरिकोट अस्पताल

बन्द चरिकोट अस्पताल

दोलखा । प्रस्तावित चरिकोट अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि उत्पन्न तनावका क्रममा स्वास्थयकर्मीहरू माथि दुर्व्यवहार भएको भन्दै अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अहिले सुत्केरी महिला तथा दुर्गम भेगबाट आएका विरामीहरू समस्यामा परेका छन् ।
प्रसूति सेवा प्रदान गर्दै आएको अस्पताल बन्द भएपछि महिला तथा बालबालिका बढी प्रभावित बनेका छन्। बुधवार नेपाल चिकित्सक संघ, अस्पताल सञ्चालक न्याय हेल्थ नेपाललगायतले विज्ञप्ति जारी गर्दै स्वास्थयकर्मीलाई अमानविय व्यवहार गरी जर्वजस्ति माफी माग्न लगाई त्यसको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको आरोप लगाउँदै अस्पतालको सम्पुर्ण सेवा बन्द गरिएको छ।

विज्ञप्तिमा त्यसरी जर्वजस्ति माफी माग्न लगाई भिडियो सार्वजनिक गरेर स्वास्थयकर्मीको मनोबल गिराउने काम भएको आरोप लगाईएको छ। झाडा, बान्ता र पेट दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको भीमेश्वर नगरपालिका वडा नम्बर १० का नवराज रिजालका अढाई वर्षका छोरा महादेव रिजालको शुक्रवार मृत्यु भएपछि मृतक बालकका आफन्तले छानविनको माग गर्दै अस्पताल घेराउ गरेका थिए।

अस्पतालमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा भएको छलफलले सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। छानविन समितिमा जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा. राजेन्द्र साह, जिरी अस्पतालका प्रमुख डा. रोशन खत्री, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ललनप्रसाद कुर्मी र पीडित पक्षका लक्ष्मी रिजाल सदस्य रहेका छन् । छानवीन समितिको प्रतिवेदन नै नआई स्वास्थ्यकर्मीलाई दोषी देखाई अमानविय तरीकाले माफी माग्न लगाईएको स्वास्थ्यकर्मीको आरोप छ।

विहीवार दोलखाको नागरिक समाजलगायतका संघ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालको सम्पूर्ण सेवा बन्द गरेर नागरिकको स्वास्थ्य अधिकारको हनन् गरेको भन्दै सरकार तथा अस्पताल प्रशासनको ध्यानाकर्षण गराईएको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीहरू माथि भएको दुर्व्यवहार प्रति दुःख व्यक्त गर्दै बालकको मृत्यु भएको घट्नाको निष्पक्ष छानविन गर्न माग गरिएको छ।

त्यसैगरी मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने नियत आफूहरूको नभएको उल्लेख गर्दै छानविनलाई प्रभाव पार्नेे षडयन्त्र भै रहेकोले सबैलाई सचेत रहन आग्रह गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: