स्थानीय निकायमा महिला सहभागिता वढाउन तालिम


प्रकाशित मिति :2016-09-30 10:47:31

महिला खबर

sunsari
सुनसरी । स्थानीय निकायको निर्वाचनमा महिला सहभागिता वढाउने उद्देश्यले अखिल नेपाल महिला संघले एक नम्वर प्रदेशका आफ्ना जिल्ला नेतृत्वलाई  प्रशिक्षण दिएको छ । इटहरीमा भएको दुइदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्वर एक अन्र्तगत १४ जिल्लाका ५७ जना महिला सहभागी  थिए  । अनेमसंघ १ नम्वर प्रदेश संयोजक जयन्ति राईका अनुसार अव हुने स्थानीय निर्वाचनमा महिलाको ४० प्रतिशत भन्दा वढी सहभागिता कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिइएको छ ।

तालिममा महिलाको नेतृत्व विकास,जनताको वहुदलीय जनवाद (जवज) र महिला नेतृत्व विकास,सामाजिक समावेशिकरण तथा महिला शसक्तिकरण,नेपाली महिला आन्दोलन र यसका उपलब्धि,निर्वाचनमा श्रोत र साधनको परिचालनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । एमाले सचिव पृथ्वी सुव्वा गुरुङ, पोलिटब्यूरो सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू हिक्मत कार्की, जीवन घिमिरे, डा शिवमाया तुम्वाहाम्फे, प्रदेश कमिटी सदस्य उषाकला राईलगायतले  प्रशिक्षण दिएका थिए । महिलाको क्षमता अभिवृद्धि र स्थानीय निकायको निर्वाचनमा महिला सहभागिता अभिवृद्धिकालागि तालिम प्रभावकारी भएको अनेमसघकी सचिव मेनुका काफ्लेले वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: