पिंगुले न्याय कहिले पाउने ?


हत्यारा खोज्न प्रहरीले चासो दिएन : पीडित

प्रकाशित मिति :2016-09-30 11:33:22

पार्वती पाण्डे

तस्विर :न्यायको पर्खाईमा मृतक शिवरानीका वृद्ध हजुरवुवा पिंगु थारु ।

 न्यायको पर्खाईमा मृतक शिवरानीका वृद्ध हजुरवुवा पिंगु थारु ।

कपिलवस्तु  ।  आजकै दिन अर्थात् असोज १४ गते साँझको समय थियो । शिवरानी थारुले  घर नजिकै भएको सांस्कृतिक कार्यक्रम हेरेर आइहाल्छु भनेको अझै पनि भरखरै जस्तो लाग्छ उनका हजुरवुवा पिंगु थारुलाई  । तर  नातिनी शिवरानी  त्यो साँझ फर्केर आइनन्  । बरु उनको लाश भेटियो । नातिनीको झल्झली यादले पींगुलाई छोडेको छैन अझै न्याय नपाउँदा पीडैपीडामा उनी छट्पटिएका छन् ।

हत्या भएको पाँचवर्ष वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता नलागेको भनेपछि मृतक शिवरानीको  परिवारमा निरासा छाएको छ  ।  कपिलवस्तुको वाणगंगा १२ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १३ गते  गाउँ मै साँस्कृतिक कार्यक्रम हेर्न गएकी शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोटले उनको बलात्कारपछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेतापनि अहिलेसम्म प्रहरीले अनुसन्धान अघि बढाएकै छैन । उनको न्यायका बारेमा सन्चार माध्यम, स्थानिय महिला समूह, बुद्धिजिवीहरूले पटक पटक आवाज उठाए पनि  सुनुवाई नभएको कोपवाकी महिला अधिकारकर्मी रीता पाण्डे बताउँछिन्   ।

हत्यारा नजिकैको भएको र प्रहरीले इमान्दारिताका अनुसन्धान गर्ने हो भने पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ ।

प्रहरीको सक्रियता  नभएकै कारण हत्यारा पत्ता लाग्न ढिलाई भएको गिरीले बताए  । प्रहरी संगठनमा नेतृत्व परिवर्तन भएका कारण र यस घटनाका विषयमा गम्भीर  नहुँदा हत्यारा खुलेआम घुमिरहेको उनीहरूको भनाइ छ  ।  हत्यारा पत्ता नलाग्दा आफूहरूले न्याय नपाएको गुनासो स्थानिय संचारकर्मीसँग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखे  ।

 वाणगंगा नगरपालिका भावपुरकी २७ वर्षीया गंगा पौडेलको हत्या भएको दुईवर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् ।  २०७१ साउन दुईगते तीजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किंदा घर नजिकैको जंगलमा हत्या भएको थियो । जगंलमा उनी निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन् । उनको पनि  बलत्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले देखाएको भएपनि  प्रहरीले पोष्टमार्टम रिपोर्ट समेत नदिएको पीडितको भनाई छ ।    प्रहरीले घट्ना प्रति  आलटाल गर्दै घर परिवारमै आरोप लगाउँदै उम्कन खोजेको गुनासो मृतकका ससुरा सशीधर पौडेलले गरे ।  कपिलवस्तुका प्रहरी प्रमुख विष्णु कुमार के.सी ले यी दुवै जघन्य अपराधको अनुसन्धान द्रुत गतिमा भएको दावी गरेका छन् ।  दुवै घट्नामा प्रहरी सुस्ताएको र अपराधीलाई कार्वाहीको दायरामा ल्याउन नचाहेको स्थानिय र मृतकका घरपरिवारका सदस्यहरूको गुनासो छ् ।

प्रहरी प्रमुख भएर के.सी आए लगत्तै  पत्रकार सम्मेलनमा र विभिन्न अवसरमा पत्रकारले समेत पटक पटक जिज्ञाशा राख्दा समेत अपराधी पत्ता लगाउने र कार्वाही  गर्ने तर्फ कुनै  काम गरेको नपाएको   स्थानीय पत्रकारहरू बताउँछन् ।  घट्नाका बारेमा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले पनि  दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउँदै प्रहरीले अन्य हत्याका अपराधीको अनुसन्धानमा समेत ढिला सुस्ती गरेको आरोप लगाए  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: