सुकुम्वासी महिला सामूहिक कुखुरा पालनमा


प्रकाशित मिति :2016-09-30 15:04:45

अमृता अनमोल

कुखुराको खोर हेर्दै सामूहिक कुखुरापालनमा संलग्न महिला

कुखुराको खोर हेर्दै सामूहिक कुखुरापालनमा संलग्न महिला

बुटवल । ‘त्रिचालिस दिन पाल्यो भने तयार हुन्छ, तयार भएपछि खोरबाटै नगद रकममा बेच्न सकिने भएकाले पनि कुखुरा पालन सजिलो र भरपर्दो लाग्यो’ कुखुरा व्यवसायी पुष्पा पोखरेलले भनिन् ।

कुखुरा पालनमा धेरै लगानी र नयाँ सीप नचाहिने, तर नगद आम्दानी हुने भएकाले यो पेशा रोजेको पोखरेलले बताइन् ।  पोखरेलले भनिन् ‘सबैका घरमा धेरैथोरै कुखुरा पालिएको छ । सबैका भान्सामा चल्ने भएकाले पनि कुखुरा पालन रोजेका हौं ।’

बुटवल सुकुम्वासी टोलमा बस्दै आएका महिलाले सामूहिक कुखुरा पालन थालेसँगै उनीहरूको आर्थिक अवस्थामा सुधार भएको छ । उप महानगरपालिकाद्वारा स्थानीयको जीवीकोपार्जन सुधार्न गठीत हातेमालो नागरिक सचेतना केन्द्रमार्फत २७ घरपरिवारका महिलाले कुखुरा पाल्न थालेका हुन् । सार्वजानिक जग्गामा खोर बनाएर उनीहरूले गत वर्षदेखि कुखुरा पालेका छन् ।

बुटवल उपमहानगरपालिकाले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत २ वर्षअघि ३ लाख १५ हजार रुपैयाँको लागतमा साना पुर्वाधार योजना अन्तरगत सामूहिक कुखुरापालन गर्ने जिम्मा महिलालाई दिएको थियो । निःशुल्क अनुदान पाएका महिलाले खोर बनाउन १ लाख ८५ हजार रुपैयाँ लागतको जनश्रमदान गरेका थिए ।

महिलालाई कुखुरापालनका बारेमा सामान्य तालिम नगरपालिकाका सहजकर्ताले दिएका थिए । महिला आफैले समूह बनाएर खोर बनाएका हुन् । गृहिणी महिलाले स्थायी रुपमा दाना खुवाउन र कुखुराको स्याहारसुसार गर्न मासिक ५ हजार पारिश्रमिक दिनेगरी एक जना हेरालु राखेका छन् ।

दाना किनमेल, उपचार र कुखुरा किनबेचका लागि भने ६, ६ जनाको समूह बनाएका छन् । उक्त समूहमार्फत पालैपालो कुखुराको रेखदेख गर्ने गरेका छन् । आलोपालो काम गर्दा घरको काम हेर्न र कुखुराबाट आम्दानी लिन पनि सकिएको समूहकी सदस्य शान्ति परियारले बताईन् ।

कुखुराबाट आम्दानी हुन थालेपछि उनीहरूको आर्थिक अवस्था फेरिएको छ । परनिर्भर महिला आत्मनिर्भर बनेका छन् । आफैले कमाएको नगदबाट घरखर्च चलाउन, छोराछोरी पढाउन र भैपरी आउने समस्या टार्न सजीलो भएको उनीहरू बताउँछन् । कुखुरा पालन व्यवसायले सामूहिक काम गर्र्न र आफैले व्यक्तिगत रुपमा काम गरेर पनि आत्मनिर्भर बन्न सिकाएको समूहकी सदस्य मञ्जु दर्जीले बताइन् ।

सामूहिक कुखुरा पालनबाट आम्दानी हुन थालेपछि हौंसिएका महिलाले व्यक्तिगत रुपमा घरघरमा पनि कुखुरा र बाख्रा पाल्न थालेका छन् । जीविकोपार्जनका लागि सुधार आयोजना अन्तरगत बुटवल उप महानगरपालिकाले दिएको एक लाख रकम सापटी लिएर व्यक्तिगत व्यवसाय थालेका हुन् । उक्त रकमबाट ऋण सापटी लिएर विनिता सेनताङ र  कलावती आचार्यले कुखुरा थालेका छन् । त्यस्तै फूलमाया विक, वसन्ती परियार, गीता रेग्मी, विमला विक र शान्ति परियारले बाख्रा पालन शुरु गरेका छन् । मञ्जु दर्जीले सिलाई पसल, च्याउ खेती र कुखुरापालन सँगसँगै गरेकी छिन् । मीना क्षेत्री घर्तीले सिलाई पसल खोलेकी छिन् । घरको चुलोचौकोमा दिन बिताएका महिला सबैजसोले थालेको व्यवसाय राम्रो रहेको सामाजिक परिचालक तुलसा शर्माले बताइन् ।

बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत दामोदर ज्ञवालीले परीक्षणका लागि थालिएको सामूहिक कुखुरापालनले आर्थिक र सामाजिक रुपमा सोचेभन्दा बढी परिवर्तन ल्याएको बताए । महिलाको प्रोत्साहनका लागि थप क्षेत्रफलमा खोर बनाउन र कुखुरा पाल्न सहयोग गर्ने योजना बनाएको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: