महिला खबर
कपिलवस्तु । साँझ विहान छाक टार्नै हम्मे हम्मे, त्यहीमाथि दुई टाउका भएको शिशु जन्मियो । समस्यामाथि समस्या थपिँदा ३५ वर्षीया सुबिया पठानलाई कहाँ जाउ के गरुँ भएको छ । तीनदिनअघि दत्तपुरकी सुबियाले दुई टाउको भएको शिशु जन्माएकी हुन् । टाउको एउटा सानो छ र अर्को त्योभन्दा अलि ठूलो । सानो टाउकोमा आँखा, नाक, कान, मुख पूर्ण रुपमा विकास भएको छ, तर ठूलो टाउकोको आकृति मात्र छ । उनले चौथो सन्तानका रुपमा दुई टाउका भएकी छोरी जन्माएकी हुन् ।
शिशु स्वस्थ रहेको र दुध समेत खाने गरेको सुवियाका श्रीमान जावेदले बताए । तर सुविया शारीरिक रुपमा निकै कमजोर भइसकेको र घरी घरी बेहोस् हुने उनले बताए । उनको उपचार गर्न आर्थिक अभावका कारण नसकेर घरमै राखिएको उनी बताउँछन् । विचित्रको शिशु जन्मेपछि हेर्न दिनभर भीडभाड बढेको छ आमा र बच्चाको उपचारका लागि स्थानीयले सकेको आर्थिक सहयोग समेत गरेका छन् ।
Comment Here!