व्यवसायीक बाख्रापालनमा सक्षम महिला


प्रकाशित मिति :2016-09-30 17:03:25

सर्मिला बुढाथोकी

बाख्रा पालन व्यवसायमा संलग्न महिला किसानहरु अनुगमनको क्रममा जानकारी दिदै

बाख्रा पालन व्यवसायमा संलग्न महिला किसानहरु अनुगमनको क्रममा जानकारी दिदै

दोलखा । भीरकोट गाविसका महिलालाई लक्षित गरी सञ्चालन गरिएको जिविकोर्पाजनको लागि बाख्रापालन कार्यक्रम प्रभावकारी भएको महिला तथा बालबालिका कार्यालय दोलखा प्रमुख लक्ष्मी ढकालले जानकारी दिनुभएको छ ।

लैङ्गिक मुलप्रवाहिकरण समन्वय समिति र महिला तथा बालकालिका कार्यालय दोलखाले सञ्चालन गरेको बाख्रा पालन कार्यक्रममा भीरकोट गाविसको वडा नम्बर एक, दुई, तीन, चार पाँच र नौका झण्डै ५ सय महिला आवद्ध रहेका छन् ।

आर्थिक बर्ष २०७०/०७१ देखि सुरु भएको यो कार्यक्रम निरन्तर चलिरहेको छ । बाख्रापालनले भीरकोटका महिलालाई घरको आर्थिक अवस्थामा टेवा पुगेको प्रमुख ढकालले बताउनुभयो । आर्थिक बर्ष २०७०/०७१ मा यो कार्यक्रम भीरकोट गाविसको वडा नम्बर चार र नौमा शुरु गरिएको हो । कार्यक्रम प्रभावकारी देखिएपछि थप विस्तार गरिएको कार्यालयले जनाएको छ ।्

भरिकोटका किसानले पालेको बाख्राहरु

भरिकोटका किसानले पालेको बाख्राहरु

कार्यक्रममा प्रत्येक वडाबाट ७५ जना महिला सहभागी रहेका थिए । सहभागी महिलालाई बाख्रापालन सम्बन्धि ७ दिनको तालिम दिएपछि बाख्रा खरीदको लागि तीन हजार ५ सय रुपैया प्रदान गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

कार्यक्रमको प्रभावकारीता बारे लैङ्गीक मुलप्रवाहिकरण समन्वय समिति र महिला तथा बालबालिका कार्यालय दोलखाले संयुक्त अनुगमन समेत गरेको जनाएको छ । अनुगमनको क्रममा कार्यालयको सामान्य सहयोग र सात दिनको तालिमले पनि कार्यक्रममा सहभागि महिला किसानहरु बाख्रापालनलाई व्यवसायीक रुपमा शुरु गर्न सक्षम पाईएको महिला तथा बालबालिका कार्यालय दोलखाकी प्रमुख ढकालले बताउनुभयो ।

यो आर्थिक बर्षको बजेट आईसकेको र त्यसलाई थप अनुगमनपछि आवश्यकताको आधारमा वितरण गरिने कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: