महिलाको समानुपातिक प्रतिनिधित्व नगराएसम्म संविधानले पूर्णता नपाउने


प्रकाशित मिति :2016-09-30 22:05:54

महिला खबर

 काठमाडाैं । संविधानले प्रत्याभूत गरेको महिला अधिकारलाई संरक्षण गर्न नसकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुने कुरामा  सराेकारवालाले जाेड दिएका छन् । उनीहरुले स‌ंविधानले प्रत्याभुत गरेको महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व  गराउन दलहरु निराश देखिएको भन्दै आपत्ति जनाए ।

अन्तरपार्टी महिला सञ्जालले  शुक्रवार काठमाडौ‌ंमा आयोजना गरेको अन्तर्किया कार्यक्रममा सञ्जालकी अध्यक्ष प्रतिभा राणाले संविधानमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएपनि सरकार, दल तथा निजामती सेवामा यसको  कार्यान्वयन   गर्न चासो नदिइएको भन्दै गुनासो गर्नुभयो ।

कार्यक्रममा  नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधानले महिलाका धेरै विषयलाई समेटेको बताउनुभयो । उहाँले  निर्धारित समयमा तीनवटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन बाधा उत्पन्न हुने र सबैका सपना चकनाचुर हुने  उहाँको   भनाइ थियो ।

नेकपा माओवादी केन्द्र नेता देव गुरुङले महिलाको अधिकार प्राप्तिमा अवरोध गर्ने  विभेदकारी कानुन खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

 

नेकपा एमालेका नेता थममाया थापा, राप्रपाका प्रवक्ता ठाकुर शर्मा, नेकपा (संयुक्त)का प्रवक्ता केदारचन्द्र शर्मा, नेकपा (माले)का नेता कुमार बेलबासेलगायतले महिला  पुरुषलाई समान अवसर र समान सुविधाका साथै समावेशी गराउन जोड दिनुभएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: