दैलेखमा एक गर्भवतीको मृत्यु


तेइस वर्षकै उमेरमा छ जना सन्तान

प्रकाशित मिति :2016-09-30 22:47:22

भिम सिजापति

दैलेख । दैलेखको लाँकुरी गैरीगाउँकी एक गर्भवती महिलाको शुक्रवार मृत्यु भएको छ ।
छ जना सन्तानकी आमा २३ वर्षीया शान्ति सिजालीको गर्भमा चार महिनाको सातौँ सन्तान रहेको थियो । उनले गएको वैशाखको अन्तिम सातामात्रै छैटौं सन्तानलाई जन्म दिएकी थिइन् । सानै उमेर विवाह गरेको र कलिलै उमेरमा धेरै बच्चा जन्माउँदा र छिटो गर्भ रहेका कारण शारीरिक कमजोरीले उनको ज्यान गएको लाँकुरी स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट बालकृष्ण बिष्टले बताउनुभएको छ ।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविका राधा शाहीका अनुसार सिजालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । लाँकुरी स्वास्थ्य चौकीकी अनमी दीपा बिष्टले भने सिजालीको गर्भमा फेरी ४ महिनाको बच्चा रहेको र छ महनिाअघिमात्रै सुत्केरी हुन आउँदा परिवार नियोजनको साधन प्रयोग गर्न सुझाव दिए बताउनुभयो । तुरुन्तै गर्भवती भएका कारण कमजोरी र पोषिलो खाने कुरा नहँुदा सिजालीको ज्यान गएको भन्दै अनमी बिष्टले दुःखेसो पोख्नुभयो ।

सिंजालीको विवाह भएको ८ वर्षको अवधीमा ४ छोरा र २ छोरी जन्माईसकेकी थिइन । उनका सबै सन्तान जीवित भएपनि सातौँ सन्तान गर्भमा रहँदा उनको निधन भएको आफन्तले जनाएका छन् ।

दैलेख जिल्लाका ग्रामीण भु–भागमा अहिले पनि परिवार नियोजनको साधन र गर्भाबस्थाका बारेमा जानकारी नपाउँदा धेरै सुत्केरी तथा गर्भवती महिलाको ज्यान जाने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: