छाउपडी गोठ त्याग्दै किशोरी


प्रकाशित मिति :2016-10-02 11:13:20

रमेश रावल
कालिकोट । स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना पाएपछि जुम्ला बड्की गाविस ऋखीदेवकी १५ वर्षीया बालिका मैना रोकाया महिनावारी भएका बेला घरमा बस्दै आएकी छन् । महिनावारी भएको दुईवर्षसम्म घर बाहिर बस्दै आएकी रोकाया अहिले घरमा बस्दै आएकी छन् ।

किर्डाक नेपाल जुम्लाले स्वास्थ्य र सरसफाई सम्बन्धी चेतनामूलक  तालिम लिएपछि रोकायाले महिनावारी भएका बेला घरमा बस्दा पनि खासै केही नहुने  थाहा पाएर घरमा बस्दै आएको बताइन् ।

अरुले कुरा काटे पनि परिवर्तनको शुरुवात आफैबाट गर्नु पर्ने भन्ने लागर घरमा महिनावारी भएका महिलालाई भान्सा कोठामा लगेर खाना खुवाएको स्थानीय अगुवा जयबहादुर रोकायाले  बताए ।

 ‘पहिले महिनावारी भएको बेला आफ्नी श्रीमतीलाई पनि घरबाहिर बसाल्दै आएको थिएँ, महिनावारी भएका बेला अहिले गाउँका छोरी चेलीलाई समेत बिना हिचकिचवाट घरमा बसाल्दै आएको छु’ उनले भने ।

‘महिनावारी भएको बेला घरमा बसाल्दा देवीदेवता रिसाउँछन् भन्ने मान्यता मेरो पनि थियो, तर समय परिवर्तनसँगै आफ्नो सोचाइ पनि परिवर्तन भएकाले, महिनावारी भएको गाउँका छोरी चेलीलाई समेत मैले आफ्नो भान्सा कोठामै लगेर खाना खुवाउने गरेको छु’  रोकायाले थपे । महनिावारी हुँदा घरमै गएर बस्दा पनि आफूलाई खासै समस्या  नभएको उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: