असन्तुष्ट पक्षका माग सम्बोधन नगरे निर्वाचन असम्भव : प्रवक्ता भुसाल
महिला खबर
भक्तपुर। नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान प्रति असन्तुष्ट जनाउँदै आएकाहरूको माग पुरा नगरे निर्वाचन सम्भव नभएको बताउनु भएको छ। रफत सञ्चार क्लबले आइतवार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै भुसालले लामो समयदेखि संविधान संशोधनको लागि आन्दोलन गर्दै आएका दलको माग सम्बोधन नगरी निर्वाचन तोकिएको समयमा नहुने बताउनु भएको हो।
स्थानिय तहको पुर्नसंरचना विगतकै जिबिसको इलाका र नगरपालिकलाई आधार मानेर कात्तिकसम्म तयारी सक्ने र कात्तिकमै स्थानियतहको निर्वाचन मिति घोषणाको तयारीमा तीन दलका शिर्ष नेता लागिरहेको जानकारी उहाँले दिनुभयो। संविधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको पच्चीस बुँदे सहमति कुटनीतिक मर्यादामै रहेको भन्दै उहाँले यसका विषयमा अनाहक हल्ला गरिएको उहाँले बताउनु भयो। प्रतिपक्षमा रहेको एमालेले जति नै विरोध गरेपनि संविधान कार्यान्वयनमा एमालेले अवरोध नगर्ने धारणा उहाँले राख्नुभयो।
पर्वसँगै कालोबजारी बढेको गुनासोलाई सम्बोधन गर्न सरकार लागि परेको र बजार अनुगमनदेखि सर्वसुलभ पसलहरु सञ्चालन गरि सक्दो राहत दिन लागेता पनि सोचे अनुरुप कालोबजारी नियन्त्रण हुन नसकेको उहाँले स्विकारर्नु भयो।
Comment Here!