पानी शुद्धिकरणमा सचेत हुँदै महिला


प्रकाशित मिति :2016-10-02 15:29:41

सर्मिला बुढाथोकी

img_5464
दोलखा । मुलबाट झरेको पानी । हेर्दै कन्चन देखिने । सङलो पानीमा किटाणु हुन्छ भन्ने कमैले सोचेको हुन्छ । पानी शुद्धिकरण गरेर पिउनुपर्छ भन्ने जानकारी त हुन्छ । हेर्दा देखिने फोहोर पानीलाईमात्र सफा गर्नुपर्छ भन्ने सामान्य बुझाई हुन्छ ।

गाउँघरमा भएको पानी सिधै मुलको पानी थापेर ल्याएको हुन्छ । तर यस्तो सफा पानीमा पनि किटाणु हुन्छ भन्ने थाहा पाएपछि फस्कुकी सानु खड्का अचम्ममा परिन् । उनको घरमा भएको पानीको जाँच भएपछि उनको परिवारले पिउँदै आएको पानीमा किटाणु रहेछ । अहिले उनी पानी उमालेर मात्र प्रयोग गर्ने गरेकी छिन् । भन्छिन् ‘धारामा आउने पानी सफा देखिन्थ्यो, यस्तो सफा पानीमा किरा भेटिन्छ भन्ने थाहै थिएन ।’

img_5513

बगिरहेको धाराको पानी थापेर पिउने र थापेर ल्याएको पानी पनि नउमाली पिउने गाउँघरमा चलन हुन्छ । कामको व्यस्तताले खाना समेत पकाएर खान फुर्सद  पाउन मुस्किल हुन्छ । ‘गाउँघरमा कामको चटारो हुन्छ, भात पकाएर खाने समेत फुर्सद हुँदैन, किन झन्झट गरिरहनु भन्ने लाग्थ्यो’ सानु भन्छिन् ‘तर पानी जाँच्ने मिसहरूले पानीमा किटाणु छ भनेपछि, पानी नउमाली आफू पनि खान्न अरुलाई पनि दिन्न ।’
दोलखाको ४८ गाविस र २ नगरपालिकामा युनिसेफको सहयोगमा खानेपानी  सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखाले आयोजना गरेको खानेपानी सुरक्षा योजना अन्तर्गत गरिएको सर्वेक्षणमा अधिकांश मुहान र धाराबाट आएको पानीमा जीवाणु भेटिएको छ । दैनिक पिउँदै आएको पानीको परिक्षणबाट मुहानमा कोलिफर्म छ भन्ने थाहा पाएपछि पानी पिउने कुरामा सजग हुन थालेको स्थानिय महिला बताउँछन् । बिरामी हुँदा मात्रै तातो पानी पिउनुपर्छ भन्ने लाग्थ्यो, तर अहिले शुद्ध पानी नपिउँदा पर्ने असर बारे बुझेपछि पानी तताएर वा अन्य विधिबाट शुद्धिकरण गरेरमात्र पिउन थालेका छन् ।

उमालेको पानी चिसाउन उम्लेको पानीमा चिसो पानी मिसाएर पिउने गरेकाहरु उमालेको पानीमा चिसो पानी मिसाउँदा असर गर्छ भन्ने थाहा पाएपछि पानी सेलाएर पिउन थालेका छन् ।

img_5526

जिलुकी मिठु केसीलाई उमालेको पानी पिउँदा शुरुमा मिठो लाग्दैनथ्यो, तर अहिले त पानी नउमाली प्रयोग प्रयोग गर्दिनन् । भन्छिन् ‘उमालेको पानी पिउँदा तिर्खा मर्दैनथ्यो, खल्लो लाग्थ्यो । हामीले पिउने पानीमा किरा छ भनेपछि उमालेर पिउन थाल्यौं ।’

दोलखा कालिञ्चोककी कान्छी थामी  शुद्ध पानी प्रयोग गर्नुपर्छ भन्ने कुरामा जानकार भएपनि व्यवहारमा लागु नगरेको बताउँछिन् । खानेपानी सरसफाई उपभोक्ता महासंघ दोलखाले पानीको जाँच गरेर पानीमा भएका किटाणु र यसको असरबारे सचेत गराएपछि फिल्टर नभएपछि पानी उमालेर पिउन थालेको बताउँछिन् ।

water-purification1

खानेपानी सुरक्षाका लागि दोलखाका तीन सय दुई वटा उपभोक्ता समितिलाई खानेपानी सुरक्षा योजना तालिम दिइएको छ । पानीको मुहान संरक्षण र सम्बद्र्धनका लागि   तालिम लिएका सबै उपभोक्ता समितिलाई मर्मत संभार औजार समेत वितरण गरिरहेको खानेपानी  सरसफाई उपभोक्ता महासंघ दोलखाका  सचिव अनिल श्रेष्ठले बताए ।

पानी शुद्धिकरण नहुँदा विशेषगरी घरेलु महिलाहरू प्रभावित हुने गरेका थिए । दसैँ तिहार जस्ता चाडवाडमा दुषित पानीकै कारण बालबालिकालाई झाडापखाला जस्ता हुने समस्याबाट मुक्त भएको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले भने ‘सचेतना कार्यक्रम तथा पानी जाँचको कारण जिल्लाका सबै गृहणी सर्तक भएकोले यो पटकको दसैँमा झाडा पखाला जस्ता समस्या कम हुने अपेक्षा लिएका छौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: