टुहुरा बालबालिका गाउँलेको रेखदेखमा


प्रकाशित मिति :2016-10-03 12:08:28

पार्वती पाण्डे
कपिलवस्तु। गतवर्ष भदौमा आमा गीता हरिजन र फागुनमा वुवा रामदास हरिजनको एच. आई. भी. एड्सको कारणले मृत्यु भएपछि पतरिया गाउँका तीन जना टुहुरा वालवालिकालाई गाउँलेले रेखदेख गररिहेका छन्। अत्यन्तै निम्न बर्गिय परिवारको बसोबास रहेको पतरियाका एकै घरका तीन टुहुरा वालवालिकाको पालनपोषका लागि गाँउलेले चामल, दाल, दाउरा, तेल, नुनको व्यवस्था गरिरहेका छन्।

आमावाबुको निधनपछि टुहुरा बनेका १२ वर्षीय उमेश हरिजन पाँच कक्षामा पढ्छन्। यसैगरि १० वर्षीय रेखा हरिजन दुई र सात वर्षीया कान्छी छोरी एक कक्षामा पढ्दैछन्। आमाबाबुको मृत्युपछि हजुरबुबा लख्खन हरिजनसँग बस्दै आएका उनीहरूलाई हजुरबुबालेे घरबाट निकालिदिए पछि उनीहरू अहिले काकाको घरमा बस्दै आएका छन्।

गाउँलेको रेखदेखमा रहेका बालबालिका

गाउँलेको रेखदेखमा रहेका बालबालिका

उनीहरूको रेखदेख र पुर्नस्थापनाका लागि गाविसको हेल्थ पोष्ट, समाजसेवी , बुद्धिजिवी , विभिन्न संघ संस्थाले सहयोग जुटाउन पहल गरिरहेको सिद्धार्थ सामाजिक विकास संस्थाकी मीना अर्यालले जानकारी दिइन् ।

जिल्लामा अहिलेसम्म वास्तविक एच आइ भी संक्रमित ४३७ जना रहेका छन। जसमा महिला २ सय १० , पुरुष २ सय २६ र तेस्रो लिंगी १ जना छन्। यीमध्ये १५ वालिका र २९ वालक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। १८ महिनादेखि १८ वर्ष मुनिका ४४ जना वालवालिका रहेका छन। १८ देखि ७० वर्ष उमेरका ३९३ संक्रमित छन। यिनी मध्ये नियमित एआरभि सेवन गर्ने २ सय ७५ जना रहेको कार्यालयको तथ्याङ्क छ। कार्यालयका अनुसार एड्सका कारण हालसम्म उपचारका क्रममा ११६ जनाको मृत्यु भएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: