नेपालमा वर्षेनी पाँच हजार स्तनक्यान्सरका नयाँ रोगी


हरेक वर्ष ५ लाख महिलाको स्तनक्यान्सरका कारण मृत्यु

प्रकाशित मिति :2016-10-03 14:02:02

दुर्गा कार्की

स्तनक्यान्सरविरुद्ध पिङ्क रिवन अभियान

स्तनक्यान्सरविरुद्ध पिङ्क रिवन अभियान

ललितपुर। पछिल्लो समय महिलामा स्तनक्यान्सर ठुलो समस्याको रुपमा देेखिन थालेको चिकित्सकहरूले बताएका छन्। नेपालमा वर्षेनी पाँच हजार स्तनक्यान्सरका नयाँ रोगी थपिने तथ्याङ्कमा देखिएको छ। स्तनक्यान्सरको बढ्दो यो क्रमका कारण महिलाहरूमा हुने दोस्रो ठुलो रोगका रुपमा स्तन क्यान्सर देखिएको नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका अध्यक्ष डाक्टर सुजिता हिराचन बताउनहुन्छ ।

महिलालाई सवै भन्दा धेरै लाग्ने क्यान्सर पाठेघरको हो। तर, पछिल्लो समयमा पाठेघरको क्यान्सरका बारेमा जनचेतना व्यापक हुँदै गएको र यसकालागि सरकारले पनि कार्यक्रम ल्याएको हुनाले स्तन क्यान्सर पहिलो हुन सक्ने जोखिममा रहेको महिला खबर डट कमसँग कुरा गर्दै डाक्टर हिराचनले बताउनुभयो। ‘पाठेघरको क्यान्सरका बारेमा अहिले समुदायस्तरमा पनि व्यापक चेतना छ, पाठेघरको समस्या आएमा महिला खुल्न थालेका छन्,सरकरले पनि पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम ल्याएको छ, तर स्तनक्यान्सरका बारेमा महिला त्यति सचेत छैनन्। अनि खुल्न पनि सकेको छैनन्’ अध्यक्ष हिराचन भन्नुहुन्छ।

breast-11

नेपालमा कति महिला स्तनक्यान्सरबाट पीडित छन् भन्ने यकिन तथ्यांक त छैन तर, अस्पतालहरूमा अभिलेख भएको तथ्याङ्क अनुसार प्रत्येक वर्ष ५ हजारलाई स्तनक्यान्सर देखा पर्ने डा. हिराचनको भनाइ छ। अझै उपचारका लागि भारतलगायत अन्य देशमा जानेहरू पनि उत्तिकै भएकाले यो तथ्याङ्क धेरै हुनसक्ने अनुमान रहेको उहाँ बताउनुहुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसार भरी १५ लाख स्तन क्यान्सरका नयाँ विरामी थपिने गरेका छन्। दक्षिण पुर्वी एशियाका महिलामा स्तनक्यान्सरको समस्या धेरै रहेको छ। भारतमा हरेक २७ जना महिलामा १ जनालाई स्तनक्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसैगरि चीनमा १६ जनामा एक जना, अमेरिकामा ८ जना मध्ये १ जनालाई स्तनक्यान्सर हुने गरेको छ। नेपालको तथ्याङ्क पनि यसैको हाराहारीमा भएको डा. हिराचन बताउनुहुन्छ।

pink-ribbon

संगठनका अनुसार विश्वभरी वर्षेनी ५ लाख महिलाको स्तनक्यान्सरका कारण मृत्यु हुने गरेको छ। स्तनक्यान्सर हुने जोखिममा पुरुषहरू एक प्रतिशत मात्रै रहेका छन्। बेलायतमा गरिएको एक अध्ययन अनुसार राती धेरै काम गर्ने महिलामा स्तनक्यान्सरको जोखिम धेरै भएको देखिएको छ।

ढिलो विवाह गर्ने , ३० वर्षपछि बच्चा जन्माउने, बच्चालाई थोरै दुध खुवाउने वा दुध नखुवाउने महिलालाई स्तनक्यान्सरको जोखिम धेरै हुने डा. हिराचन बताउनुहुन्छ। उहाँका अनुसार खानपान, तनाव, छिटो रजस्वला भई ढिलो राकिने महिलामा पनि स्तनक्यान्सरको जोखिम उच्च रहेको छ। परिवारनियोजनका साधनहरू पिल्स चक्की प्रयोग गर्ने र हार्मोन प्रतिस्थापन (Harmon replacement) गर्ने महिला पनि स्तनक्यान्सर हुने जोखिममा हुन्छन्।

बिभिन्न अध्ययनहरूले महिलामा ५० वर्ष नाघेपछि स्तनक्यान्सर हुने सम्भावना बढी देखिएपनि नेपालमा भने युवावस्थाका महिलालाई नै स्तन क्यान्सर धेरै देखिएको फाउण्डेसनका अध्यक्ष डा. हिराचनले बताउनुभयो। स्तनक्यान्सरको बढदो जोखिमलाई मध्येनजर गर्दै अक्टुवर महिनामा विश्वर भरी स्तनक्यान्सरविरुद्ध बिभिन्न चेतनामुलक कार्यक्रम गरिन्छ। जसलाई पिङ्क रिवन अभियान भनिन्छ। नेपालमा पनि अक्टुवर महिनाभरी स्तनक्यान्सरविरुद्ध चेतनामुलक कार्यक्रम गरिने फाउण्डेसनले जनाएको छ। फाउण्डेसनका अनुसार स्तनक्यान्सर रोगको निःशुल्क परिक्षण पनि गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: