महिलाले संचालन गरेको सहकारीले एकवर्षमा गर्‍यो आठ करोडको कारोवार


प्रकाशित मिति :2016-10-03 15:25:19

बेलिना थापा

लमजुङ । महिलाले सन्चालन गरेको लमजुङकाे पहिलोे सहकारी लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७२/७३ मा ८ करोड २० लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । संस्थाका सेयर सदस्य ८०७ रहेका छन्। सहकारीको चौथो बार्षिक साधारण सभा कार्यक्रममा उक्त जानकारी दिइएको हो।

महिलाको आर्थिक र सामाजिक शसक्तिकरण गरी उनीहरूको जिवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले पाँचवर्ष अघि उक्त सहकारी स्थापना भएको हो।

कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमलाले आर्थिक र सामाजिक रुपमा पछाडी परेका महिलालाई सहकारीले सीप विकासका साथै आयआर्जन बढाउन सक्नुपर्ने बताउनुभयो। सहकारीले महिलालाई केन्द्रित गरी उनीहरूको जिबनस्तर उकास्न सक्नुपर्ने उहाँको भनाइ थियो।

बेशीसहर क्षेत्र विकास सहकारी समन्वय समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले महिलाले गरेको काम सफल हुने भएकाले संस्थालाई सफल बनाउन पारदर्शीता र सिद्धान्तमा रहेर काम गर्नुपर्ने बताउनुभयो।

साधारण सभाले शोभा थापाको अध्यक्षतामा  सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: