महिला खवर
सुनसरी । सुनसरीबाट दुई महिनाको अवधिमा १७ जना महिला, बालबालिका तथा किशोरी बेपत्ता भएका छन् । पछिल्लो समयमा सुनसरीमा मानव तस्करी बढेसँगै तस्करहरूले खुल्ला सिमानालाई प्रयोग गर्दै किशोरी र महिला तथा बालबालिकालाई वेपत्ता बनाउदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो दुईमहिनामा १७ जना महिला, बालबालिका तथा किशोरी बेपत्ता भएको तथ्याङ्क उपलव्ध गराएको छ । प्रहरीका अनुसार उजुरीमा कोही बजार गएपनि नफर्किएको, कोही विद्यालय गएर नफर्किएको उल्लेख गरिएको छ ।
वेपत्ता मध्ये तीन जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । प्रहरीका अनुसार ती किशोरीहरूलाई तस्करले फेसवुक मार्फत सम्पर्क गरेर प्रेम गरेको वहाना बनाउँदै भगाउने प्रयास गर्दा गर्दै उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार तस्करहरूले प्रेम र विवाह गर्ने बहाना, रोजगारको प्रलोभन देखाएर महिला तथा किशोरीलाई सीमा कटाउने गरेका छन् । गत वर्ष सुनसरीबाट ३९ भन्दा बढी ब्यक्ति हराएको र बेपत्ता भएको भन्दै खोजी गरीदिन प्रहरीमा उजुरी परेको थियो ।
Comment Here!