महिला खबर
दोलखा। घरेलु हिंसाको मुख्य कारक मानिँदै आएको घरेलु मदिरा नष्ट गर्ने अभियान अर्न्तगत जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको सुष्पाक्षमावती गाविसबाट २४० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ।
घरेलु मदिराका कारण घरायसी झगडा हुने, दसैं तिहारमा झै झगडा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानिय आमा समूह र अन्य बिभिन्न संघसंस्थाको सहयोगमा ईलाका प्रहरी कार्यालय दोलखाले सुष्पाक्षमावतीमा मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले भीमेश्वर नगरपालिका वडा नम्बर १ र ७ का दुई वटा पसलबाट इजाजत नलिई बिक्रि वितरणका लागि राखिएका १२८ लिटर सिलप्याक मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक सुनुवारले जानकारी दिनुभयो।
Comment Here!