तीन महिनामा असी बलात्कार, छत्तीस हत्या


बालिका, अशक्त र एकल महिला बलात्कारीका निशानामा

प्रकाशित मिति :2016-10-04 14:18:39

महिला खबर
monitoring

ललितपुर । असारदेखि भदौसम्म तीन महिनामा असीजना बालिका, किशोरी तथा महिलामाथि बलात्कार भएको एक अनुगमनले देखाएको छ । सञ्चारिका समूह नेपालले यो तीन महिनामा काठमाडौंबाट प्रकाशित हुने चौधवटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले असी वटा  बलात्कारका घट्ना भएको देखाएको हो ।

अनुगमन अवधिमा बलात्कारसम्बन्धी १८५ वटा समाचार सामग्री प्रकाशित भएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो अवधिमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री अनुगमन गरिएका थिए ।

विज्ञप्तिमा महिलामाथि हुने हिंसा   बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बहुविवाह, बोक्सी र स्वास्थ्य अधिकार उल्लंघनलगायत सातवटा शीर्षकमा अनुगमन गरिएको जनाइएको छ ।

यो अवधिमा पाँच वर्ष उमेरका छ जना बालिका बलात्कृत भए । यसैगरि छदेखि दश वर्षका २१ जना, एघारदेखि पन्ध्र वर्षका २५ जना बालिका बलात्कृत भएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बलात्कार घटनामा पीडकहरू ११ देखि ६५ वर्ष उमेरका थिए । पीडकमध्ये  सात जना आफ्नै परिवारका सदस्य,  २९ जना छिमेकी, दुईजना शिक्षक थिए । ८० मध्ये एघारवटा वटा सामूहिक बलात्कारका घटना रहेको विजप्तिमा उल्लेख छ ।

यसैगरि यो तीन महिनामा ३६ वटा हत्या भएका छन् । हत्या सम्बन्धी १८५ वटा समाचार सामग्री प्रकाशित भए  । हत्याका घटनामा २३ जना पीडक परिवारका सदस्य, दुई छिमेकी थिए ।

स्वास्थ्य अधिकार उल्लंघनका १५ वटा घटना र १६८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यसमा बच्चा जन्माउने क्रममा पाँचजना महिलाको घरमै र नौको स्वास्थ्यकर्मीको लार्पवाही र असक्षमताका कारण अस्पतालमा ज्यान गएको थियो । एक जना महिलाको गर्भपतनपछि भएको संकम्रणका कारण अस्पतालमा ज्यान गएको थियो ।

यो अवधिमा घरेलु हिंसाअन्र्तगत दशवटा  घटनाका ४८ वटा समाचार सामग्री प्रकाशित भए ।

बोक्सी आरोपमा ८ वटा घटना र २७ वटा समाचार सामग्री प्रकाशित भएका थिए जहाँ एक महिलाको हत्या भएको थियो र ७ जनालाइ निर्घात कुटपीट गरिएको जनाइएको छ । यो अवधिमा तीनजना महिलालाई दाइजोका कारण शारिरीक तथा मानसिक यातना दिइएको र एक जना महिलाको हत्या भएको थियो ।

अनुगमनले महिला घरभित्रै असुरक्षित रहेको देखाएको समूहले जनाएको छ । महिला सानो विवाद मै मारिएका र आफन्तबाटै बलात्कृत भएका छन्, आधारभुत स्वास्थ्य अधिकारबाट बंचित छन् ।

बलात्कारका घटना बढेका छन बालिका, असक्त, एकल र श्रीमान बैदेशिक रोजगारमा रहेका महिला बलात्कारीका निशानामा परेको विज्ञप्तिमा जनाइएको छ । समूहका अनुसार बलात्कारका घटना बढ्नुको कारण मोवाइल इन्टरनेटको अपरिपक्व प्रयोग, अश्लील फिल्मको सहज उपलब्धता, मदिरा सेवन, कानुनी चेतनाको अभाव, अभिभावकले छोराछोरीको उचित हेरविचारमा ध्यान नदिनु रहेको अनुगमनका क्रममा देखिएको छ ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: