कुञ्चोक पूर्ण खोप सुनिश्चित गाविस घोषणा
स्थायी आवासका लागि दिएको रकम दुरुपयोग गरे बाँकी किस्ता नदिने चेतावनी
महिला खबर
सिन्धुपाल्चोक । जिल्लाको कुञ्चोक गाविस पूर्ण खोप सुनिश्चित गाविस घोषण भएको छ । स्थिानिय विकास अधिकारी कृष्णवहादुर शाहीले सोमवार गाविस सचिवलाई प्रमाण पत्र हस्तान्तरण गरी कुञ्चोक गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको हो । कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा गर्नु ठूलो कुरा नभएपनि तर यसलाई निरन्तरता दिएमात्र घोषणा कार्यक्रमको औचित्य रहने स्थिानिय विकास अधिकारी शाहीले बताउनुभयो । भूकम्प पीडितका लागि स्थायी आवासको लागि सरकारले दिएको ५० हजार रुपैयाँ दसैंमा खर्च नगरी त्यसको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । पुननिर्माणको लागि सरकारले दिएको ५० हजार रुपैयाँको दुरुपयोग गरे दोस्रो किस्तावापतको १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख कुनैपनि हालतमा नपाउने र पहिले लिएको ५० हजार समेत फिर्ता गर्नुपर्ने उहाँको भनाइ थियो ।
कुञ्चोक गाविसमा गर्भवती अवस्थादेखि एक वर्षसम्मका सम्पुर्ण बालबालिकालाई खोप लगाएको दावीसहित गाविस पूर्ण खोप सुनिश्चित भएको हो । योसहित जिल्लामा ४ वटा गाविसमा पुर्ण खोप सुनिश्चित भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चौताराको आयोजना र रेडक्रस सोसाईटी सिन्धुपाल्चोकको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय स्तरका राजनीति दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार सहभागी थिए ।
Comment Here!