महिला खबर
सिन्धुपाल्चोक। निर्वाचनमा महिला सहभागिता बढाउने उद्देश्यले राष्ट्रिय मतदाता अधिकार मंञ्च गठन भएको छ। शनिवार सदरमुकाम चौतारामा मञ्च गठन भएको हो। निर्वाचन नियमनको लागि बिभिन्न निकाय भएपनि मतदाता अधिकार र समावेशीको विषय भने जिल्लामा पहिलो हो।
नेपालको संविधान कार्यान्वयनको चरणसँगै देशमा झण्डै एक वर्षको अन्तरालमा तीन वटा निर्वाचन हुँदैछ। स्थानिय, प्रादेशिक र केन्द्रको सवै निर्वाचनमा समावेशी कोटासहित महत्वपूर्ण पदमा महिलाको स्थान सुरक्षित छ।
जिल्लामा क्रियाशिल सवैजसो राजनीतिक दलले महिला नेतृत्व स्थापित नगरेको अवस्था छ। नेतृत्वदेखि मतदातासम्म महिलाको जागरुकता आवश्यकता रहेकोले मञ्च गठन गरिएको नवनिर्वाचित अध्यक्ष हरि विश्वकर्माले वताए।
कार्यक्रममा वोल्दै उनले भने ‘मतदाता शिक्षाको प्रभाव केही भएपनि महिला नेतृत्व स्थापित गर्न र निर्वाचनमा महिला सहभागिता वृद्धि गर्न जरुरी छ।’ मतदाता अधिकार मञ्च जिल्ला शाखामा जिल्लामा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थका प्रतिनिधि सदस्य छन्।
Comment Here!