विदुर आचार्य
सिन्धुपाल्चोक । चाडवाडलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अवलम्वन गरेको छ । जिल्लाभर रहेका प्रहरी जनशक्तिलाई परिचालित गरी शान्ति सुव्यवस्था र सुरक्षाको प्रत्याभुती दिलाउन अधिकतम पहल रहने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाडपर्व लक्षित सुरक्षा नीतिवारे जानकारी दिदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र के.सीले जिल्लाभर हिंसा, झै झगडा, चोरी, लुटपाटलगायतका घटनालाई सून्य बनाउने पहल रहने जानकारी दिनुभयो ।
सुरक्षा चेतनादेखि भूकम्प पीडितहरुलाई प्रदान गरिएको अनुदान रकमको सुरक्षा सतर्कता समेत प्रहरीको सुरक्षा अवलम्बन नीतिमा समावेश गरिएको छ । प्रभावकारी सूचना सम्प्रेषनको आग्रह गर्दै भर्खर प्राप्त भूकम्प पीडित अनुदान रकम असुरक्षित अस्थाई आवासमा नराख्न समेत प्रहरीको आग्रह छ । सुरक्षा समस्या बढ्ने आँकलन गर्दै बहुमुल्य गरगहना नलगाउन भन्दै प्रहरीले बैंक तथा वित्तिय संस्थामा थप चनाखो हुन सुझाएको छ ।
जुवा, तास जस्ता प्रतिबन्धित खेललाई चाडपर्वमा निरुत्साहित गर्न सर्वसाधारणका आह्वान गरेको छ । ‘भूकम्प पीडित लाभग्राही सूचीमा रहेका हरेक घरधुरीले अनुदानको रकम प्राप्त गरेका छन्, चाडपर्वलाई भड्किलो वनाउन आर्थिक गतिविधीले प्रभावित वनाउन सक्छ । तसर्थ मदिरा, तास, जुवा र प्रतिवन्धित खेलमा पूर्ण प्रतिवन्ध लगाईएको छ ।’ प्रहरीको सुरक्षा नीतिमा भनिएको छ,‘कृतिम अभाव तथा मुल्य बृद्धि गर्नेलाई समेत कानुनी कठघरामा उभ्याईने छ ।’
भूकम्प पीडित परिवारले प्राप्त गरेको अनुदान रकम सही प्रयोग नगरी चाडपर्वलाई भड्किलो वनाउन सक्ने खतरालाई लक्षित गरी सर्बसाधारण जनताको पहुँचमा रहेका संञ्चारमाध्यमवाट संंयम्मता अपनाउन र सुरक्षा सतर्कता अपनाउन अनुरोध प्रचार गरिने र नागरिक सहायता कक्ष समेतको स्थापना गरिने जाकारि प्रट्याएको छ । नागरिक सहायता कक्षवाट जनाताका प्राय सवै समस्याका निराकरण हुन सक्ने यदि कुनै समस्या भएमा तत्काल जिल्ला प्रहरी कार्यालयमा सूचना गर्न अनुरोध गरिएको छ ।
Comment Here!