गर्भपतनमा रोक लगाउने कानुनको मस्यौदाविरुद्ध पोल्याण्डका महिला आन्दोलित


प्रकाशित मिति :2016-10-05 13:09:43

महिला खबर

poland2
एजेन्सी । यूरोपेली देश पोल्याण्डमा गर्भपतन पूर्णरुपमा रोक लगाउने नयाँ कानुनको मस्यौदाको विरोधमा हजारौं महिला आन्दोलनमा उत्रिएका छन् । प्रस्तावको विरोधमा महिलाले कालो कपडा लगाएर आफ्नो प्रजनन् स्वास्थ्यको हनन् भएको भन्दै सडकमा प्रदर्शन गरेका छन्। यसको विरोधमा महिलाले कार्यालय, विद्यालय घरेलु कामकाज समेत ठप्प पारेर कम्तिमा ६० सहरमा पुर्णरुपमा विरोध प्रदर्शन गरेका थिए । प्रस्तावित कानुनको मस्यौदाले धेरै महिलाले आफूसँग अधिकार नभएको, आफू पुरुष समान नभएको र आफूसँग विचारको स्वतन्त्रता नभएको भन्ने अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

पोल्याण्डमा ८७ प्रतिशत जनता क्याथोलिक छन् । पोल्याण्डमा युरोपका अन्य देशमा भन्दा बढी गर्भपतन सम्बन्धि कडा कानुनहरू छन् । पोल्याण्डमा १९९३ मा पारित कानुन अनुसार अहिले पनि महिला र बच्चा को ज्यानमा जोखिम र बलात्कारबाट रहेको गर्भबाहेक अन्य अवस्थामा गर्भपतन गर्न निषेध गरिएको छ।

poland1

यदि अबको नयाँ प्रस्तावित कानुन (अहिले संसदमा पेश गरिएको) पारित भए यसले सबै खाले गर्भपतनलाई गैह्रकानुनी मान्ने छ। बलात्कारबाट रहन गएको गर्भको पतन, महिलाको ज्यानमा जोखिम हुदाँ गरिने गर्भपतनलाई समेत गैह्रकानुनी मानिने छ। गर्भपतन गराउने महिलालाई पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ साथै यो कानुनमा गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई पनि जेल सजायको व्यवस्था छ।

एन्टी एबोर्सन सिटीजन्सका अभियानकर्ताले ४ लाख ५० हजार हस्ताक्षर संसदमा बुझाए लगत्तै यस्तो कानुन पारित हुन लागेको हो।
पोल्यान्डमा प्रत्येक वर्ष दशौं हजार महिलाले गैह्रकानुनी रुपमा गर्भपतन गर्ने गरेको पाइन्छ । धेरै महिला गर्भपतन गराउन स्लोभाकिया वा जर्मन जाने गर्दछन् ।

‘बस अब धेरै भयो, सरकार, चर्च र प्रो लाइफ भनिने संस्थाले महिलाका लागि बनाएका योजनाहरू’ हड्तालमा आएकी एक महिलाको भनाईलाई बीबीसीले उद्धृत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: