महिला खबर
दोलखा । दसैं तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाले आज सुरक्षा सचेतना र्यालीको आयोजना गरेको छ ।
चाडपर्वका बेला हुनसक्ने झै झगडा तथा चोरीको घट्ना नियन्त्रण गर्न र जाड रक्सी, जुवातास जस्ता गलत गतिविधि हुन नदिन स्थानियलाई सहकार्यको अनुरोध गर्दै सुरक्षा सचेतना र्याली आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको अगुवाईमा भएको सुरक्षा सचेतना र्यालीमा जिल्ला खेलकुद विकास समिति, भीमेश्वर सामुदायिक सेवा केन्द्र, स्थानिय क्लब र उद्योगी व्यवसायीको सहभागिता थियो ।
र्यालीले भीमेश्वर नगरपालीका वडा नम्बर १ र १० मा पर्ने चरिकोट बजारको बिभिन्न भेगको परिक्रममा गर्दै सुरक्षा सचेतना सम्बन्धि पर्चा वितरण गरेको थियो ।
Comment Here!