तीन वर्षीया कलाकार विदेहा


प्रकाशित मिति :2016-10-05 15:00:06

अञ्जली रम्तेल

3
काठमार्डौं । विदेहा रञ्जन उमेरले त भर्खर तीन वर्षकी हुन्, तर उनको प्रतिभाले अहिले नै उनी भविष्यकी कुशल कलाकार हुनसक्छिन् भनेर पहिचान दिइसकेको छ ।

केहीदिन अघि बबरमहलस्थित नेपाल कला परिषद्मा उनले बनाएका चित्रकला प्रदर्शनीको आयोजना गरियो । प्रदर्शनी हेर्न आउने जो कोही उनको प्रतिभा देखेर आश्चर्य मानिरहेका थिए ।

‘सिर्जनाको बिहानी’ शीर्षक दिइएको उक्त एकल चित्रकला प्रदर्शनीमा उनी नौ महिना हुँदादेखि कोर्न थालेका चित्रकला राखिएका थिए । लेखक तथा कलाकार समेत रहेका बाबु पल्लव रञ्जनले भने–‘उनले साधारण तरिकाले बनाएका चित्रप्रति सुरुमा खासै वास्ता गरिएन, तर जब उनी बाहिर कतै गएर आउने बित्तिकै चित्र कोर्न थालिन अनि उनको चित्र लेखनमा हामीले पनि चासो दिन थाल्यौँ ।’

उनलाई चित्र बनाउन आवश्यक सम्पूर्ण सामग्री पेन्सिल, कलर, मार्करको व्यवस्था आमाबाबुले मिलाइदिएपछि उनी बिहानै ६ बजे उठेर चित्र कोर्न थालिहाल्थिन् । उनकी आमा भगवतीले भनिन्–‘हामी बिहान सुतिरहेका हुन्छौँ, तर उनी बिहानै उठेर चित्र कोर्न बस्छिन् । उनलाई के बनाएको भनेर सोध्यो भने सबै भन्छिन् र कस्तो लाग्यो भनेर हामीलाई नै सोध्छिन् ।’

4

आफ्नो तेस्रो जन्मदिन मनाउने क्रममा तीन दिनअघि उनका बाबु पल्लवले उपहारस्वरुप उनले बनाएका चित्रहरूको प्रदर्शनी गरिदिए । विदेहाले आफू गएको ठाउँमा राम्ररी विश्लेषण गर्ने र पछि घरमा आएर त्यसैलाई कागजमा उतार्ने गरेको आमा भगवतीले भनिन् ।

बाबु पल्लवले भने–‘बच्चालाई कहिल्यै पनि के चित्र बनाउने भनेर सिकाउने हैन, चित्र कोर्न आवश्यक पेन्सिल, कलर, मार्कर दिएर छाडिदिने हो । सिकाउन थाल्यो भने हामीले बनाएको चित्र नै नक्कल गर्ने मात्र हुन्छ । उनीहरूको सिर्जना निस्कन पाउँदैन ।’

विदेहाको चित्रमा विभिन्न जनावर, व्यङ्ग्यचित्रका पात्र, पुतली, परिवारका सदस्य, हाँस, कुखुरा, मादल, बाँसुरी, मःमजस्ता चित्र देख्न सकिन्छ । कसैको जन्मदिनमा गएका बेला त्यहाँ देखेको केक, मैनबत्ती, वरपरका मान्छेलाई समेत उनले आफ्नो चित्रमा राखिहाल्छिन् ।
प्रदर्शनीमा ८० चित्रकला समावेश थिए । प्रदर्शनीले बाल मनमस्तिष्कभित्रको झलकमात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बौद्धिकता, सिर्जनशीलता, शारीरिक र रचनात्मक क्षमता अभिवृद्धिसम्बन्धी चेतनालाई देखाउने कोसिस गरेको छ ।

tt

त्यतिमात्र हैन उनी फोटोग्राफीमा समेत रुचि राख्छिन् । उनका बाबु पल्लवले दिएको आइफोनबाट उनले आफूलाई मन लागेको ठाउँ, मान्छे, घरपालुवा जनावरको समेत तस्बिर खिचेर राखेकी छन् । बाबु पल्लवले त्यसको पनि प्रदर्शनी गर्ने तयारी गरेको जानकारी दिए ।

आफ्नै आमाबाबुले खोलेको विद्यालयमा विदेहाले मादल, बाँसुरी बजाउन समेत सिकिसकेकी छिन् । उनले नेपाली र अँग्रेजी २० वटा गीत कण्ठस्त सुनाउन सक्ने आमा भगवतीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: