महिला खबर

सातदोबाटो चोकमा प्रर्दशन गरिएको सडक नाटक
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले लैंगिक हिंसा तथा बाल शोषण न्युनिकरणको लागि सडक नाटक प्रदर्शन गरेको छ । महिला हिंसा तथा बाल शोषणका घट्ना, त्यसको अन्त्यको लागि समाजले खेल्नु पर्ने भूमिका, कानुनी व्यवस्थालगायतको विषय समेटेर ‘चित्कार’ सडक नाटक प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो ।
मोहन तमाङको प्रस्तुती तथा हरि केसी को निर्देशन रहेको नाटकमा महिला तथा घरेलु हिंसाका स्वरुप, बाल शोषणको अवस्था, पीडकले पाउने कानुन र यसमा भएको सजाय लगायतको विषय प्रस्तुत गरिएको थियो ।
चरिकोटस्थित सातदोबाटो चोकमा प्रर्दशन गरिएको नाटक सहारा सांस्कृतिक कला केन्द्रले प्रस्तुत गरेको थियो ।
Comment Here!