महिला खबर

बायाँबाट क्रमश: इरिना बोकोभा, हेलन कलर्क र क्रिस्टालिना जर्जिएभा
एजेन्सी। संयुक्त राष्ट्रसङ्घको आगामी नेतृत्व पुरुष कै पोल्टामा गएको छ । संयुक्त राष्ट्रसङ्घको ७० वर्षे इतिहासमा महिलाले नेतृत्व नपाएको र अव संयुक्त राष्ट्रसङ्घको महासचिव महिला हुनुपर्छ भनेर विश्वव्यापी भएको बहसलाई निरर्थक बनाउँदै पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनिओ गुटेरेस महासचिवमा आउने पक्का भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासचिव हुने दौडमा बुल्गेरियाका क्रिस्टालिना जर्जिएभा र इरिना बोकोभा थिए । युनेस्कोको निर्देशक रहेकी इरिना बकोभा प्रतिस्पर्धाका क्रममा उत्कृष्ट पाँचमा परेकी थिइन् । उक्त पदमा जम्मा १३ जनामध्ये इतिहासमै पहिलोपल्ट ७ जना महिला प्रतिस्पर्धी भएको बीबीसीले जनाएको छ । उनीहरुमा यूनेस्को प्रमुख इरिना बोकोभो, संयुक्त राष्ट्रसंघ प्रमुख तथा न्यूजिल्यान्डका पुर्व प्रधानमन्त्री हेलन कलर्क, अर्जेण्टिनाकी विदेशमन्त्री शुशना माकोरा र यूएन फ्रेमवर्क कनभेन्सन अन क्लाइमेट चेन्जकी क्रिस्टियाना फिगरर, अर्थशास्त्री तथा कुटनीतिज्ञ क्रिस्टालिना जर्जिएभा, क्रेएशियाकी पुर्वमन्त्री भेष्ना पसिक माल्दोवाकी कार्यवाहक प्रधानमन्त्री नतालिया घोरमेन थिए । प्रतिस्पर्धाको अन्तिम चरणसम्म भने इरिना बकोभामात्रै पुग्न सफल भइन् ।
संयुक्त राष्ट्रसङ्घमा सन् १९४६ देखि हालसम्म वान कि मूनसहित ८ जना पुरुषले महासचिव पद सम्हालेका छन्। वर्तमान महासचिव वान की मुनको पदावधि आउदो डिसम्बर ३१ मा सकिँदैछ ।
थप समाचार..
राष्ट्रसंघको नेतृत्व महिलाले गरुन् भन्ने वान कि मुनको चाहना
Comment Here!