पोल्यान्ड सरकारले फिर्ता लियो प्रस्तावित गर्भपतनसम्बन्धी कानुन


प्रकाशित मिति :2016-10-06 12:07:12

महिला खबर

 poland-news-abortion
एजेन्सी। हजारौं महिलाले पोल्यान्ड सरकारको गर्भपतनलाई अझै कडाई गर्ने कानुनको प्रस्तावको विरोधमा बृहत हडताल गरेपछि अब उक्त प्रस्तावित कानुन नआउने भएको छ। उक्त प्रस्ताव जसले गर्भपतनलाई पुर्ण रुपमै रोक लगाउने प्रयास गरेको थियो र हजारौं महिला सडकमा उत्रिएपछि पछाडि हट्न बाध्य भएको छ।

विज्ञान तथा उच्च शिक्षा मन्त्री जारोसल गोविनले भनेका छन् ‘ विरोधले हामीलाई सोच्न बाध्य बनाएको छ र अपमानित महशुस गरिरहेका छौं।’

poland-n
अन्तर्राष्ट्रिय तथा यूरोपेली सरकारले पोल्यान्ड सरकारले ल्याउन लागेको उक्त नयाँ कानुन पारित नगर्न दबाब दिँदै आएका थिए।

पोल्यान्डमामा गर्भपतन गर्न चाहने महिलाका लागि पहिलेनै निकै असजिलो परिस्थिति छ। महिला गर्भपतन गर्न छिमेकी देश जानुपर्ने तथा अनलाइन मार्फत पिल्स किन्ने गर्दछन्। पोल्यान्डका अधिकारकर्मीहरूले ड्रोनबाट पिल्सहरू वितरण पनि गर्ने गरेका थिए।

सोमवार महिला तथा पुरुषहरू समेत आफ्नो काम त्यागेर कालो पोशाकमा नयाँ कानुनको मस्यौदाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूले कन्जरभेटिभ ल एण्ड जस्टिस पार्टीलाई आफूहरूले उक्त नयाँ कानुन स्विकार नगर्ने सन्देश दिएका थिए।

थप समाचार…

गर्भपतनमा रोक लगाउने कानुनको मस्यौदाविरुद्ध पोल्याण्डका महिला आन्दोलित

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: