बालिका संसद हेरेर मुस्कुराइन् राष्ट्रपति


प्रकाशित मिति :2016-10-06 13:57:39

महिला खबर

bal-samsad

ललतिपुर। बुधवार राष्ट्रपति कार्यालय शितलनिवासमा बालिकाहरूले एउटा अनौठो अभ्यास गरे। राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा उनीहरूले बाल संसदको अभ्यास गरेका हुन्।

बाल संसदमा बालिकाहरू राष्ट्रपति, सभामुख र प्रधानमन्त्री आफैँ भए। शितलनिवास भित्रै भएको संसदको बैठकमा राष्ट्रपति भइन् ललितपुरकी १६ वर्षीया सज्जु महर्जन। सभामुखको भुमिका कन्चनपुरकी १७ वर्षीया राजकुमारी चौधरीले निभाइन र प्रधानमन्त्री बनिन् भक्तपुरकी १५ वर्षीया आश्मा बस्नेत।

‘राष्ट्रपतिसँग बालिका’ नाम दिएर सञ्चालन गरिएको यो बालसंसदमा मन्त्रीमण्डल पनि थियो अनि सभासद। बालसंसदमा राष्ट्रपतिको भुमिका निभाउने सज्जु महर्जनले करीव पाँच पेजको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। बाल संसदमा यो नीति तथा कार्यक्रममाथि छलफल पनि भयो। संसद बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार र मन्त्रालयहरू गम्भीर हुन आग्रह गरे। बालिका राष्ट्रपति महर्जनले आत्मविश्वासका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको व्यहोरा यस्तो थियो।

यस गरिमामय बालिका संसदका सम्माननीय सभामुख ज्यू,
माननीय बालिका सांसदहरू,
बालिका सरकारका सम्माननीय प्रधानमन्त्री तथा प्रतिनिधिहरू

आजको बालिका संसदको विशेष पूर्ण बैठकमा आगामी वर्षका लागि बालिका तथा किशोरी विकासमा केन्द्रित सरकारको नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मलाई खुसी लागेको छ। यहाँ प्रस्तुत हुन लागेको नीति तथा कार्यक्रमले बालिका तथा किशोरीहरूको समग्र अवस्थामा सुधार गर्दै नेतृत्व गर्न सक्ने, क्षमता एवं अवसर पाए हामी पनि गर्न सक्छौं’ भन्ने आत्मविश्वास जगाउनका लागि महत्वपूर्ण हुनेछ।

baal

सम्माननीय सभामुख महोदय,

प्रस्तुत नीति तथा कार्यक्रम तयार गरिरहँदा नेपालको संविधान २०७२ मा महिला तथा बालबालिकाका अधिकारका बारेमा भएका व्यवस्था र संयुक्त राष्ट्रसंघबाट पारित दीगो विकास लक्ष्यमा महिला तथा बालिकाको विकासमा गरिएका व्यवस्थाहरूलाई विशेष ध्यान दिएको छ। यस क्रममा नेपालको संविधान २०७२ र दीगो विकास लक्ष्यका मूल मर्मलाई आत्मसात् गर्न नेपाल सरकारद्वारा हाल महिला र बालबालिकासम्वन्धी विद्यमान कानुन, नीति नियमहरूलाई परिमार्जन गरी लागू गर्ने र सो अनुरूपको संरचनाहरू समेतको आवश्यक ब्यवस्था गरिने कुरा यस गरिमामय संसदमा अवगत गराउन चाहन्छु।

बालिकाहरूले पुरै प्रक्रिया पुर्‍याएर गरेको संसदको अभ्यास हेर्दै राष्ट्रपति बिद्या भण्डारी मुस्कुराइरहनुभएको थियो।

बालिका राष्ट्रपति रज्जु महर्जनले अगाडी भनिन्

सभामुख महोदय,
अब म बालिका तथा किशोरीहरूका सम्बन्धमा बुँदागत रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

नेपालमा लिङ्गका आधारमा विभेद गर्ने खराव प्रचलन हाम्रो लागि चुनौतिको रूपमा रहेको छ। यसका कारण धेरै महिला र किशोरीहरू हिंसा, विभेद, अपहेलना, दुर्ब्यवहार जस्ता पीडा भोगिरहेको यथार्थलाई सरकारले गम्भीरताका साथ लिएको छ। लिङ्गको आधारमा गरिने तमाम प्रकारका विभेदहरूको अन्त्य गर्न नेपाल सरकारद्वारा बालिकाको महत्वलाई बढाउने, बालिकाहरूको सशक्तीकरण र विकासलाई प्रोत्साहन गर्ने खालका विशेष कार्यक्रम यस आर्थिक वर्षमा लागू गरिने छ।

नीति तथा कार्यक्रममा बालिकाहरूले लिङ्ग पहिचान गरी ‘छोरी’ भएकै कारण गर्भ पतन गर्ने चलन नेपाली समाजमा बढेकाले बालिकाको जन्मदर घट्दै गएकोले यसलाई रोक्ने, बालविवाह, बालश्रम, किशोरीहरू बेचविखन, छाउपडीलगायत संस्कार, विभेद , पितृसत्तात्मक सोच र अन्धविश्वासका कारण बालिका र किशोरीले भोगीरहेका समस्या, यौन दुर्व्यवहार र शोषणविरुद्ध उजुरी दिने म्यादलगायतका विषयवस्तु समेटेका थिए।

hand-over

अन्त्यमा बालिका राष्ट्रपतिको सम्बोधन यस्तो थियो।

सभामुख महोदय,
बालिका तथा किशोरीहरूविरूद्ध समाजमा विद्यमान कुसंस्कारको अन्त्यका लागि विभिन्न जिल्ला, स्थान र राष्ट्रियस्तरबाट स्वयं किशोरीहरूको पहल र अगुवाईमा जनचेतनामुलक कार्यक्रमहरू समेत संचालन भैरहेको सन्दर्भमा यस प्रकारका असल अभ्यासहरूलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्दै जानेछ। यसक्रममा किशोरी सञ्जाल, बालक्लबहरूलगायतका बालबालिकाका संगठनहरूद्वारा बाल प्रेम विवाह रोक्न साथी शिक्षा कार्यक्रम, बाल विवाह रोक्न किशोरी कक्षा, विद्यालयमा मासिक शुल्क उठाएर स्यानटरी प्याडको व्यवस्था, धुम्रपान तथा मद्यपान रोक्ने पहल, छाउ गोठ भत्काउने जस्ता गतिविधि तथा अभियानहरूको नेपाल सरकार उच्च मूल्यांकन गर्दछ।

साथै संघारमा नै आइपुगेको बडा दशैं, केही समय पछिको तिहार तथा छठ पर्वका अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। अन्तमा हामी नेपालीहरूको जय होस्।

बालिकाहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफलपछि राष्ट्रपति विद्या भण्डारीलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सानै उमेरदेखि उनीहरूको नेतृत्वविकास लागि गरिएको यो प्रस्तुतीको प्रसंशा गर्नुभयो। उहाँले आफ्नो बेला स्मरण गर्दै अव आउने यो पुस्ताले देशको जुनसुकै क्षेत्रमा नेतृत्व दृढतापूर्वक गर्नसक्ने प्रतिक्रिया दिनुभयो।

उहाँले भएका ऐन/कानुनको कार्यान्वयनसँगै चेतनामार्फत मुलुकमा व्याप्त सबै प्रकारका विभेद तथा प्रथाको अन्त्य गरिनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले मुलुकमा व्याप्त बाल विवाह, बोक्सी प्रथा तथा छुवाछूतजस्ता समाजका कु–प्रथालाई चेतनामार्फत अन्त्य गरिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले समाजको हरेक क्षेत्रमा रहेको महिला र पुरूषबीचको विभेदको अन्त्य गर्दै नेतृत्वका लागि महिलाको क्षमता विकासमा जोड दिनुभयो ।

नेतृत्वमा बालिका भन्ने नारासहित सुरुभएको बालिकाहरूको चौंथो राष्ट्रिय सम्मेलनको अन्तिम दिन बुधवार उनीहरूले राष्ट्रपति कार्यालय शितलनिवासमा बालसंसद प्रस्तुत गरेका हुन्। अन्तर्राष्ट्रिय बालिका दिवस अक्टुवर ११ को अवसर पारेर यो कार्यक्रम समग्र राष्ट्रिय किशोरी सन्जालले आयोजना गरेको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: