गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार


प्रकाशित मिति :2016-10-06 14:56:36

महिला खबर
mal-nutrition

कालिकोट । जिल्लामा बालबालिका, गर्भवती तथा सुत्केरीहरूमा पौष्टिक आहारको कमीले कुपोषण र पुट्कोपनको समस्या देखिएका कारण पौष्टिक आहार कार्यक्रम सुरु भएको छ। बालबालिका, गर्भवती तथा सुत्केरीहरू आहारमा सुधार ल्याउन पौष्टिक आहार कार्यक्रम सुरु गरिएको हो।

जिल्लामा खडेरी कारणले खाद्य उत्पादनमा कमी आउँदा पोषणयुक्त खानाको अभावमा पोषणमा गिरावट आएका कारण पोषण कार्यक्रम लागु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लाका ३० वटै गाबिसमा यो कार्यक्रम सन्चालन गरेको हो। जिल्लाका ३० वटै गाविसमा ४ महिना पौष्टिक आहार कार्यक्रम नियमित संचालन हुने कार्यालयले जनाएको छ।

कार्यक्रममा ६ महिनादेखि २३ महिनासम्मका बालबालिका, सुत्केरी र गर्भवती महिलाका लागि पौष्टिक आहार प्रति महिना ३ तीन केजीका दरले वितरण हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकलपर्सन कटक बहादुर महतले बताए। ‘बालबालिका, सुत्केरी र गर्भवती महिलाका लागि पोषणमा सुधार ल्याउन कार्यक्रम संचालनमा ल्याएको छौं, यसले कुपोषण न्यूनीकरणमा कमी ल्याउने छ’ उनले भने।

पहिलो चरणमा मान्म, दाहाँ, राँचुली जुविथा र भर्ता गाविसमा पौष्टिक आहार बितरण भएको र दोश्रो चरणमा जिल्ला सबै गाबिस लागु हुने फोकल पर्सन महतले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: