महिला खबर
धनुषा । मिथिला नगरपालिका लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमानको चितामा दागबत्ती दिएकी छन् । दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कार समेत आफै गरेकी छन् ।
करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेका श्रीमान धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि श्रीमती गुलेवियालाई आग्रह गरेका थिए । यसकारण उनले श्रीमानको निधनपछि गरिने सवै विधि आफैले गरेकी हुन् ।
गुलेवियाले अब विस्तारै समाजमा महिलाविरुद्ध जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्ने उनले बताइन् । उनका दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कतारमा र कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत रहेका छन् ।
Comment Here!