शल्यक्रियागरी सुत्केरी गराउनेको संख्या बढ्दै


प्रकाशित मिति :2016-10-07 08:00:19

महिला खबर

महोत्तरी । जिल्ला अस्पताल जलेश्वर महोतरीमा गरिने शल्यक्रियामध्ये एक चौथाइ हिस्सा प्रसूतिको हुने गरेको छ । नियमित जाँच नगराउने र निकै ढिलो गरी अस्पताल भर्ना हुँदा शल्यक्रिया बढी गर्नुपरेको चिकित्सकको भनाइ छ ।

विगत एक बर्षभित्र प्रसूतिका लागि अस्पताल आएका एक हजार ५९६ मध्ये एकसय ३८ जनाको शल्यक्रिया गरिएको छ । ती मध्ये निकै जटिल अवस्थाका ४६ महिलाको प्रसूति भएको सो अस्पतालले जनाएको छ ।

एक सय सुत्केरीमा पाँच प्रतिशतको मात्रै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ । तर यस अस्पतालमा एक चौथाइको शल्यक्रिया हुने गरेको छ । गाउँ गाउँमा स्वास्थ्य केन्द्र छ, प्रसूति गृह पनि थुप्रै छन्, समान्य सुत्केरी ती स्वास्थ्य संस्थामा नै बढी हुने गरेका छन्, हामीकहाँ जटिल अवस्थाका प्रसूति मात्रै आउने गरेकाले शल्यक्रिया गरी सुत्केरी गराएको घटना बढी देखिएका हुनसक्छ, जिल्ला अस्पताल जलेश्वरका डाक्टर सतिसकुमार साहले भन्नुभयो  ‘यो अस्पतालमा मासिक एकसय जना सुत्केरीमा जटिल अवस्थाका करिब १५ जना हुन्छन् । ‘

सीमावर्ती भारतीय गाउँबाट पनि सुत्केरी गराउन यो अस्पतालमा आउने गरेका छन । मातृशिशु मुत्यु दर घटाउन जिल्ला स्वास्थ्य कार्यालय महोतरीले जिल्लाको रामगोपालपुर, बलवा, बर्दिवास, गौशाला, सम्सी, बथनाहा, लोहारपट्टि, एकडारा र पिपरामा प्रसूति केन्द्र सञ्चालन गरेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: