विदुर आचार्य
सिन्धुपाल्चोक । वरीपरिको सम्पूर्ण संरचना भूकम्पले ध्वस्त वनाएपछि भग्नावशेस हटाएर वनाईएका अस्थाई टहरा छन् । केही त भग्नावशेष हटाईएका पनि छैनन् । अस्थाई टहरासँगै फाट्ट फुट्ट स्थाई संरचना बन्न लागेका पनि छन् । गाँउको केन्द्रमा भूकम्प प्रतिरोधी संरचना बनाउन डकर्मी तालिम चलिरहेको छ । तीस बढी प्रशिक्षार्थी डकर्मीलाई स्थाई संरचना वनाउन सिकाइरहेकी छिन् एक्ली गंगा लामाले ।
हिन्दुहरुको महान् पर्व दसैंले छपक्कै छोप्दा पनि राजधानी काठमाडौंमा जन्मे हुर्केकी गंगा लामा भूकम्पले अति प्रभावित सिन्धुपाल्चोकका पीडितहरूलाई डकर्मी बनाइरहेकी छिन् । आलिसान सुखको मोह थाती राखी हथौडा र छिनुको साथमा रमाईरहेकी छिन् उनी ।
एक वर्षदेखि भूकम्प प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी आवास संरचना निर्माण गर्ने तालिमको शिलसिलामा उनी यहाँ आएको वताउँछिन् । ‘मेरो त घर छ, तर अरुको घर नभएको देख्दा आफ्नो पनि घर नभए झै लाग्छ, भूकम्प पीडितहरूको आवास निर्माण नहुन्जेल लागिरहन्छु’ उनी भन्छिन् ।
एउटा नेपालीको मर्म अर्को नेपालीले बुझ्ुपर्छ भन्ने मान्यता राख्ने गंगाले सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवालगायतका जिल्लामा गरी तीन सय वढीलाई दक्ष डकर्मी वनाएकी छिन् । भन्छिन् ‘भूकम्पपछि पीडितहरूलाई सहयोग गर्ने भित्री रहर जाग्यो र पुन निर्माणमा लाग्ने अठोट गरी भूकम्प प्रभावित जिल्लामा निस्किएँ ।’
महिलालाई अभिप्रेरित गर्दै उनी भन्छिन्, ‘मैले भूकम्प प्रतिरोधी संरचना मात्र वनाउन सिकेकी हुँ, तर संरचनासँगै ट्वाईलेट, वाथरुम र धुवाँ रहित चुलो समेत वनाउन सिकाउँछु ।’
समाजमा महिला भएकै कारण हेपिएका र पछाडी परेको नजिर पस्कदै आफै शसक्त हुन महिलालाई उनी अनुरोध गर्छिन् ।
Comment Here!