कलाकारको यो वर्षको दसैं योजना


प्रकाशित मिति :2016-10-10 15:46:35

नुनुता राई

 ललितपुर । हिन्दुधर्मावलम्वीहरुको महान चाड दसैं शुरु भएको छ । नेपालमा अरु चाड भन्दा दसैंलाई विशेष रुपमा मान्ने गरिन्छ । दसैंमा सार्वजानिक छुट्टी धेरै हुने हुँदा कामकाजी तथा नमाउनेको लागि पनि खुशीको समय मानिन्छ । दसैंलाई लक्षित गरेर सबैले आफ्नो योजना बनाएका हुन्छन् । तर कलाकारहरुका लागि भने दसैंमा विभिन्न कार्यक्रममा पनि सहभागी हुनुपर्ने भएकाले चाडबाड परिवारसँग मनाउन पाउने अवसर थोरै नै हुन्छ । यसपाली दसैंको योजनाबारे महिला खबर डट कमले नेपालका चर्चित कलाकारहरूसँग कुराकानी गरेको छ ।

malvikaमाल्भिका सुब्बा मोडल तथा सन्चारकर्मी
यसपालीको दसैं मेरो लागि विशेष छ । मेरो छोराको यो पहिलो दसैं  हो । उसलाई लिएर मान्यजनबाट टिका तथा आर्शिबाद लिने । सँधैको दसैंमा टिका लाउने र कार्यक्रममा पनि सहभागी हुने गर्थेँ, तर यसपालीको दसैंको समय पूर्ण रुपमा मेरो छोरा र परिवारलाई दिने योजनामा छु ।
अरुबेला सँधै व्यस्त भईन्छ । अन्य चाडबाडमा पनि कार्यक्रमहरू परिरहने हुन्छ । तर यसपाली चाहीँ परिवारलाई नै समय दिने भनेर छुट्याएकी छु । त्यही अनुरुप मेरो टिभी कार्यक्रमको पनि सुटिङ सकाएको छु । यसपालीको दसैं मेरो छोरा र परिवारका साथ विशेष स्मरणीय बनाउने योजनामा छु ।

dipa-shreeदिपाश्री निरौला, चलचित्र निर्देशक तथा कलाकार
म मेरो हरेक दसैं  मेरो घर विराटनगरमा मनाउने गर्छु । अहिले पनि म विराटनगरमा छु । परिवारसँग रमाईलो भईरहेको छ  । भोली टिकाको दिन बुवा तथा ठुलाबडाको हातबाट टिका लगाउने र आर्शिवाद लिने योजनामा छु । यसपाली मलाई डबल खुशी मिलेको छ । एउटा छक्का पञ्जाको सफलता र अर्को हामीले नयाँ बुहारी भित्र्याएका छौँ । मेरो भाईको विहे हामीले २० गते सम्पन्न गरेका छौं । यो खुशी अझै थपिएला जस्तो छ ।

छक्का पञ्जा अहिलेपनि हाउसफुलका साथ चलिरहेको छ । म छठ पुजा पनि गर्ने भएकाले छठसम्मै छक्कापञ्जा हाउसफुल जाला भन्ने आशा लागेको छ । म सिनेमा घरलाई मन्दिर र दर्शकलाई भक्तजन भन्न रुचाउँछु यसअर्थमा विदेशबाट समेत भक्तजनको आगमन भईरहेको छ । म अत्यन्तै खुशी छु । समग्रमा यो वर्षको मेरो दसैं विशेष बनेको छ । सम्पुर्ण नेपालीमा बडा दशैँको हार्दिक मंगलमय शुभकामना ।

karismaकरिश्मा मानन्धर, नायिका तथा नेता
सँधै जस्तै रमाईलो गरेर मनाउने हो । ठुलाबडाको हातबाट टिका लगाउने आर्शिवाद थाप्ने । तर यसपालीको दसैं पोहोरको भन्दा अलिकति विशेष हुन्छ । किनभने पोहोर भूकम्पले गर्दा धेरै नेपालीले खुशीसाथ मनाउन पाएका थिएनन् । भूकम्पले लागेको चोट पनि पुरानो हुँदै गएको छ ।

यसपाली दसैंमा मेरो छोरी आईनन् । उसको कमी महशुस भईरहेको छ । हुन त उनको याद जहिल्यै आउँछ ।priyankaतर यस्ता विशेष चाडमा अझ बढी सम्झन्छु । यहाँ हुनुभएका परिवारसँग रमाईलो गरिरहेकी छु । नयाँ शक्तिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमहरूमा सहभागी भईरहेकी छु । यसपालीको दसैंं सबै नेपालीको लागि विशेष होस् । शुभकामना व्यक्त गर्न चाहान्छु ।

प्रियंका कार्की, नायिका
म हिजोमात्र पाल्पाबाट काठमाडौं आएकी छु । चलचित्रको सुटिङमा व्यस्त थिएँ । मेरो दसैं यसपाली घरमा नै बित्ने भएको छ । अरुबेला दसैंमा कहिले नेपाल बाहिर कहिले नेपालमै पनि कार्यक्रमले गर्दा व्यस्त हुन्थेँ । तर यसपाली त्यस्तो बिशेष कार्यक्रमहरु पनि छैन । परिवासँग केहीदिन भएपनि रमाईलो गरी बिताउनेछु । तर यो पूर्णे भन्दा अघि नै म सुटिङको लागि लन्डन जाँदैछु । एकमहिना उतै बित्छ ।
यसपाली तिहार लन्डनमा नै मनाउँछु । भाई पनि अमेरिकामा भएकोले भाईटिकाको दिन फोनमा कुरा गर्छौं । यसपालीको दसैंमा चार दिन भएपनि परिवारसँग रमाइलो गरेर बिताउने योजनामा छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: