छोराको पर्खाइमै वित्छ गंगामायाको दसैं


प्रकाशित मिति :2016-10-10 12:00:04

सर्मिला बुढाथोकी

received_10208711449238352
दोलखा । उमेरले साढे छ दश नाघ्यो । सदरमुकाम चरिकोटको एउटा सानो कोठामा गंगामाया रिमालले प्वाल परेको कराइमा साग भुट्दै थिइन् । पानीले ढाडिएको दाउरा नबल्दा उनको सानो त्यो कोठा धुँवाले भरिएर आँखा हेर्ने नसक्ने भएको थियो । तैपनि उनले आगो बाल्ने प्रयास छाडेकी थिइनन् ।

कमजोर शरिर, चाउरी परेको अनुहारले उनले भोगेका अनगिन्ती पीडाको झल्को दिन्थ्यो । नजिकीरहेको दशैँले उनलाई थप पीडा दिइरहेको थियो । १२ वर्षअघि वेपत्ता भएको छोरालाई पर्खेर बाटोभरी आँखा बिछ्याइरहेकी उनले छोराले भनेको कुरा स्मरण गरिन् ‘आमा म एक दिन ठुलो मान्छे हुन्छु र तिमीलाई सुखसंग पाल्छु भन्थ्यो, पर्खेको दशक वित्यो आएन ।’

received_10208703396037027

हरसाल आउने दसैंले उनलाई खुसी होइन पीडा दिन्छ । एक्लोपन झन धेरै खट्किन्छ । दोलखा नाम्दु घर भएपनि उनी सदरमुकाम चरिकोट बस्छिन् । उनका दुःख, कष्ट र पीडाले उनलाई बाँचिन्जेल नछोड्ने उनको अवस्थाले दर्शाउँछ ।

मध्यम परिवारमा जन्मेकी गंगामाया अहिले सदरमुकामस्थित पुरानो बजारमा अर्काको घरमा बस्छिन् । अविवाहित गंगामाया बत्तिस वर्षको उमेरमा बलात्कारको शिकार भएकी थिईन् । बलात्कारबाट उनको गर्भ बस्यो । बलात्कारमा परेपछि उनलाई आफ्नाले बेवास्ता गरे । बलात्कारीले स्वीकारेनन् ।

त्यो घटनापछि नजिकैको घरमा भएको आगलागीमा उनको हात रहेको आरोप लगाईयो । यो आरोप पनि बलात्कारीको षडयन्त्र हुनसक्ने गंगामायाको शंका छ । उनले आफूलाई निर्दोष साबित गर्न सकिनन् । उनलाई क्षतिपूर्ति स्वरुप बाइस सय रुपैयाँ जरिवाना तिर्न भनियो । त्यो जरिवाना तिर्न उनले सकिनन् र वित्थामा उनी छ वर्ष जेलमा बस्नुपर्यो । बलात्कारबाट उनी गर्भवती थिइन् । त्यसबेला ६ महिनाको गर्भ हुँदा जेल परेकी उनी छ वर्षको सजाय काटेर निस्कदाँ छोरा साढे पाँच वर्षको भएको थियो । जेलबाट निस्केपछि जाने ठाउँ थिएन आमाछोराको । आरु र घँगेरु टिप्दै खाएर जीवन गुजारा गरिरहेको थिए ।

received_10208703394957000

‘कसैकोमा ज्यालादारी गर्ने काम माग्न जाँदा पनि जेलबाट निस्केका अपराधीलाई कसरी काम दिनु भनेर जस्ता वचन लाउँथे । छोरा कृष्णप्रसादलाई हुर्काउन उनले अनेक दुःख गरिन् । छोराको कुरा गररिहँदा उनले आफूलाई थाम्न सकिनन् ।

‘छोरालाई पढ्न पठाउँदा कापी, पेन्सिल नभएर मास्टरले निकालिदिए’ उनले यसो भनिरहँदा उनको गला भारी भयोे । छोरो ज्ञानी थियो, भन्थ्यो ‘म राम्रो पढ्छु नि आमा’ उनी भन्छिन् । यस्तै दुःखबीच पनि उनले छोरालाई एसएलसी पास गराइन् । लेखापढी व्यवसायमा सहयोगीको रुपमा जागिर समेत उनले खान थालेका थिए ।

सुःखको दिन आउला भन्ने आशामा आमाछोरा संघर्ष गरिरहेका थिए । माओवादी द्वन्द्वका कारण संकटकालीन समयमा बुवाको बारेमा बुझ्न जान्छु भनेर निस्के पच्चिस वर्षीय छोरा कृष्णप्रसाद । अहिलेसम्म फर्केका छैनन् ।

बेपत्ता छोराको खोजीका लागी कहीँ कतै उजुरी पनि गरेकी छैनन् । बेपत्ताको परिवारलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने सुनेकी उनी आफूले पनि सहयोग पाउँछुकी भन्ने आशामा छिन् । सरकारले सहयोग गरे कतै कोठाभाडामा लिएर अलिकति आरामको जिन्दगी बाँच्ने उनको रहर छ । अहिले उनी बसेको कोठाको भाडा तिर्नुपर्दैन त्यसवापत घरबेटीको बारीको काम, कुटानी, पिसानी सबै काम गरिदिनुपर्छ ।
चार वर्ष अघिमात्र नागरिकता लिएपछि राज्यबाट दिईने सुविधा एकल महिलाको भत्ता भने लिँदै आएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: