फलफूल बेचेर ऋण घटाउने दाउमा महिला


प्रकाशित मिति :2016-10-10 02:00:49

सर्मिला बुढाथोकी

 सातदोबाटो चोकमा फलफूल व्यापार गर्दै

सातदोबाटो चोकमा फलफूल व्यापार गर्दै

दोलखा । टाढा रहेका आफन्तसँगको रमाईलो जमघट, मान्यजनको आर्शिवाद लिने, मिठो खाने र रमाईलो गर्ने अवसर लिएर आउने दसैंमा दोलखा सदरमुकाम चरिकोटकी सितारा श्रेष्ठ भने कसरी धेरै फलफुल व्यापार गर्न सकिन्छ भन्ने ध्याउन्नमा छिन् ।

२० वर्षअघि किराना सामानको होलसेल पसल सञ्चालन गरेकी सीताराले मिर्गौला पीडित श्रीमानको उपचार गर्दा सबै पैसा सकेपछि निकै दुःख खेप्नु पर्‍यो । उपचारकै क्रममा श्रीमानको मृत्यु भयो । त्यसपछि दुई छोरा र दुई छोरीकी पालन पोषणको लागि सितारालाई निकै समस्या झेल्नुपर्‍यो । छोरा ठूलो भएर बुढेसकालको बिसाउने चौतारी बन्ला भन्ने आशा बोकेकी सिताराले पाँचमहिना अघि २७ वर्षको ठुलो छोरा पनि गुमाईन् ।

छोराछोरीको पढाई र दैनिक गुजाराका लागि फलफूल व्यवसाय सुरु गरेकी सिताराको लागि अहिले छोराको उपचारमा सहकारीबाट लिएको एक लाख रुपैयाँ ऋण कसरी तिर्ने भन्ने समस्याले रातदिन पिरोल्छ । सीतारा भन्छिन् – दसैंंमा व्यापार धेरै गरेभने अलिकति भए पनि ऋण घट्छ की भन्ने आशा लिएकी छु । सँधै जसो धेर थोर व्यापार हुने भएपनि दसैंंमा भने दैनिक पाँच हजार रुपैयाँसम्म नाफा हुने भएकाले ऋण तिर्नकै लागि दसैंं भरीनै फलफूल व्यापार गर्ने सिताराले बताईन् ।

सीताराको जस्तै बाध्यता छ मखमली रोक्कालाई पनि । ‘सबै छोराछोरीसँगै राखेर दसैंं रमाईलो गरेर मनाउने मन त थियो, तर के गर्नु दसैंं मनाउन लागें भने छोरा छोरी भोकै हुन्छन’ मखमलीले भनिन् । उनले सबै छोरा छोरीसँग बसेर दसैं नमनाएको १६ वर्ष बितिसकेको छ । उनी भन्छिन् ‘दसैंमा अलिक राम्रो व्यापार हुन्छ त्यसैले व्यापारलाई पहिलो प्राथमिकता दिनै पर्‍यो, यसपालीको दसैंं पनि फलफूल बेचेरै जान्छ होला ।’

फलफूल व्यवसायबाट नै छोराछोरीको पालन पोषण र शिक्षा दिँदै आएकी मखमलीले यो व्यवसायबाट घर चलाउन भने सहज भएको बताइन् । मखमली भन्छिन–‘आम्दानीको स्रोत नहुँदा छिमेकीले पनि ऋण पत्याउँदैनथे, अहिले कति चाहिन्छ लैजा भन्ने गरेका छन् ।’ अरु समयमा भन्दा दसैंंको फूलपातीदेखि पूर्णिमासम्म कोसेलीपातको रुपमा फलफूल लाने भएकोले व्यापार दोब्बर हुने मखमलीले बताइन् ।

लाकुरीडाँडा गाबिसकी मोती तमाङलेलाई व्यापारकै क्रममा फलफूल कुहिएर ८५ हजार रुपैयाँ घाटा भएको छ । दसैंंको बेला अलि बढी व्यापार भए घाटा पूर्ताल गर्ने उनको योजना छ । ट्रक किनेको ४० लाख रुपैयाँ ऋणको बोझ र ३ छोरीको पालन पोषणले मोतीको पनि दसैंं रमाईलोसँग मनाउने छाँटकाट देखिदैन । विदेशिएका श्रीमानको बेवास्ताले सडक किनारमा व्यापार गर्न बसेकी मोती भन्छिन् ‘बाध्यताले सडकमा व्यापार गर्न आईपुगे दसैंमा व्यापार नगरे गुजारा चलाउनै मुस्किल पर्छ ।’

सदरमुकाम चरिकोटको मुख्य चोक सातदोबाटोमा महिला फलफुल व्यवसाय गर्दै आएका छन् । उनीहरूको मुख्य ग्राहक भनेका बसको यात्रु हुन् । अरु समय दैनिक ५÷७ हजार रुपैयाँको व्यापार गर्ने उनीहरू दसैं तिहारमा दैनिक ५ हजार भन्दा बढी फाईदा हुने बताउँछन् । अरु समयको व्यापारले घरको दैनिकी चलेको छ, दसैंको व्यापारले भने थोरै भएपनि ऋण घटाउने अवसर मिल्ने गरेको छ – मोती तमाङले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: