घरको काममा सघाउने पुरुष कलाकार


प्रकाशित मिति :2016-10-11 10:00:52

नुनुता राई

male-celebrate
ललितपुर । घरको काम गर्ने जिम्मेवारी महिलाकोमात्र भन्ने मान्यता नेपाली समाजमा रहेको पाईन्छ । यही मान्यता कै कारण जागिर खाने महिलाको लागि विभिन्न समस्या भोग्न बाध्य भएको अनुभव सुनाउने गरेको पाईन्छ । चाडबाडमा महिलालाई घरभित्रको काम बढी नै बोझ हुने गरेको छ । नेपाली समाजमा घरको काम सघाउने पुरुषको संख्या एकदमै कम छन् । कतिपय पुरुषलाई त महिला स्वयंले आफ्ना छोरा तथा श्रीमानलाई काम गर्न नदिने पनि छन् ।

यही दसैंको अवसरमा चर्चित पुरुष कलाकारले घरका काममा सहयोग गर्छन् कि गर्दैनन् भनेर महिला खबर डट कमले कुराकानी गरेको छ ।

khagendraखगेन्द्र लामिछाने, लेखक/कलाकार
आफ्नै काम सम्झेर गर्छु
मैले काम पनि आफ्नै काम सम्झेर गर्ने गरेको छु । हामी सघाउने भन्दा पनि मिलेर गर्छौ भन्न रुचाउँछु । घरको हरेक काम हामी मिलेर गर्ने गरेका छौं । खाना बनाउने, लुगा धुने, घर सफा गर्ने जस्ता काम हामी मिलेर गर्छौं ।

हाम्रो घरमा ननभेज पाक्दैन । म ननभेज उनी भेज हुन त्यसैले । मैले बनाएको आलु र काँक्राको अचार उनलाई साहै्र मन पर्छ । चाडबाडमा चाहीँ अरुबेला भन्दा अलिक कम घरको काम गर्छु । हामी गाउँ जान्छौ । साथीभाईसँग घुम्न जाने भएकोले म घरमा अलि कम समय बस्छु । काम पनि कम हुन्छ ।

udayeउदय सोताङ, गायक/ संगीतकार
सकेसम्म सघाउँछु
घरको काम सकेसम्म सघाउने कोशिस गर्छु । किनमेल गर्नेदेखि लिएर खाजा पकाएर खुवाउने समेत गर्ने गर्छु । फुर्सद भएको बेला भान्छामा तरकारी काटीदिने गर्छु । विशेषगरी आफन्त भेटघाट, साथीभाई भेटघाटको बेला मासु पोल्ने जस्ता काम म आफै गर्छु । मैले पकाएको खानेकुरा पनि मिठो हुन्छ भनेर सबैले भन्ने गर्नुहुन्छ ।

बाहिरको काम मैले गर्ने भएकोले फुर्सद त्यति धेरै हुँदैन । बैङ्कीङ, कार्यक्रम कन्ट्रयाक्ट जस्ता काम मैले गर्ने भएकाले अलिकति बढी समय म घरबाहिर नै हुन्छु । घरमा भएको बेला चिया, खाजा पकाउने काम त गरिरहेको हुन्छु । बिशेष गरेर चाडबाडमा बढी काम हुने भएकोले सकेसम्म सघाउँछु ।

pashupatiपशुपति शर्मा, लोक दोहोरी गायक
घरको काम गर्न अल्छि लाग्छ
नढाँटी भन्नुपर्दा म घरको काम गर्न साह्रै अल्छि छु । गाउँमा जाँदा घाँस काट्न जान मलाई रहर लाग्छ । जान्छु पनि । तर घरमा खाना बनाउने घर सफा गर्ने काममा भने कहिल्यै जाँगर चलेन ।

विदेश जाँदा सबैले काम गरेको देख्दा अब म पनि नेपाल गएपछि घरको सबै काम गर्छु, खाना बनाएर खुवाउँछु भन्ने लाग्छ, तर नेपालमा आएपछि खै के हुन्छ हुन्छ ; अल्छि लाग्छ । कहिलेकाँही त यति अल्छि लाग्छ कि खानापनि पेपर विछ्याएर बेडमै देउ समेत भन्छु । घरको काम महिलाको हो भन्ने सोचेर हैन अल्छि लागेर हो । मैले पढ्नुपर्छ भनेर मेरो श्रीमतीलाई पढ्न हौंसाईरहेको हुन्छु । पढि पनि रहेकी छिन् । म आफू घरको केही काम गर्दिनँ, सबै श्रीमतीले गर्ने भएकोले अहिले लुगा धुनको लागि चाँहि मान्छे खोजेको छु । म आफैले ।

deepakदिपकराज गिरी, हाँस्य कलाकार
घरको काम गर्ने फुर्सद हुँदैन
मलाई घरको काम गर्ने फुर्सद नै मिल्दैन । म कलाकार मात्रै भएको भए त समय हुन्थ्यो । तर लेख्ने पनि भएको भएर घरमा बस्दा पनि कसरी लेख्ने, कस्तो विषयमा लेख्ने भन्नेतिर मात्र मेरो ध्यान हुन्छ ।

घरकाले पनि सँधै व्यस्त हुने हुँदा कहिलेकाहीँ घरमा बस्दा पनि के घरको काम लाउने भन्ने भएर होला कसैले केही भन्दैनन् । म घरमा अलि धेरै समय बस्ने भनेको नै चाडबाडमा हो । यस्तो बेला घरमा काम धेरै भएपनि आफन्त आउनुहुन्छ । उहाँहरूसँग पनि गफगाफ गर्नुपर्ने हुन्छ । म पाहुनासँग बसेर गफगाफ गर्ने काम गर्छु । यसपाली त त्यो गर्न पनि अलिक समय हुन्न जस्तो छ । छक्का पञ्जाको दर्शकसँग समय बिताउने योजनामा छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: