किन विवाहित पहिरनमा अविवाहित अमरावती ?


प्रकाशित मिति :2016-10-12 02:00:44

पार्वती पाण्डे

amarawoti
कपिलवस्तु । निधारमा रातो टिका , घाँटीमा रातो पोते र हातभरी रातै चुरा । लाग्यो पक्कै विवाह भएको रहेछ । अमरावती हरिजन म केही कुरा गर्न चाहन्थें । कुरा सुरु गरें । कुराकानीका क्रममा सोधें तपाईको विवाह भएको कति भयो ? उनले हतार हतार जसिलो र हँसिलो मुहारमा जवाफ दिइन् ‘मेरो विहे भएको छैन ।’ अनि मैले उनले लगाएका टिका, पोते र चुराका बारेमा सोधें । यहाँका किशोरी र अविवाहित महिला सवैले विवाहित महिलाले जस्तै चुरापोते लगाउँदा रहेछन् । कारण रहेछ चुरापोते लगायो भने केटाले जिस्काउँदैनन् ।

मधेशी समुदायमा छोरीको अधिकाशं सानै उमेरमा विहे गरिदिने चलन हुन्छ । २१ वर्षीया अमरावती भने जागीर खाएपछिमात्र विहे गर्ने योजनामा रहिछन् । १२ मा अध्ययनरत उनले भनिन् ‘पढाई पुरा गरी आफ्नो खुट्टामा उभिएपछिमात्र विहे गर्ने हो ।’

कपिलवस्तुको कज्रहवा की उनी वुवा आमाकी एक्ली सन्तान हुन् । शुरुमा उनलाई पढ्नुपर्छ , आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने कुरा त्यति थाहा थिएन । विभिन्न संघसंस्थाले गर्ने कार्यक्रममा सहभागी हुँदै जादा केही जान्ने बुझ्ने अवसर उनले पाइन । मधेशी समुदायमा सानैमा विहे गरिदिने चलन । गाउँ समाजले विहे गर्नुपर्छ भनेर अप्रत्यक्ष रुपमा कुरा काटेपनि आफ्नो अगाडि त्यो हिम्मत कसैले नगरेको उनी वताउँछिन् । ‘पढाई पुरा गरी जागिर गर्ने, अनि वल्ल भने जस्तो केटा पाए विहे गर्ने’ उनले थपिन् । उगाडि उनले भनिन् ‘भने जस्तो केटा नपाए विवाह गर्दिनँ किनकि धैरै दुःख पाइन्छ ।’ आफूले समाजमा धैरै महिलालाई पुरुषले दुःख दिएको देखेकाले धेरै सोचविचार गरेरमात्रै आफूले विहे गर्ने योजनामा उनी छन् ।

‘आफू पढाईमा सक्षम हुनु पर्‍यो , आर्थिक रुपले वलियो हुनु पर्‍यो अनि वल्ल आफ्नो विचार मिल्ने सम्मान गर्ने केटा नपाए विवाह गर्नु कुनै जरुरी म ठान्दिनँ’ उनले दृढतापुर्वक भनिन् । अहिले उनलाई महिला अधिकार, लैंगिक हिंसा, वालवालिकाको अधिकार धैरै कुरा थाहा भैसकेको छ ।

छ महिना अगाडि न्यायमा पहुँच नामक अभियान अन्तर्गत गठन भएको एक संजालमा आवद्ध भएर तालिम लिएपछि उनमा झन धैरै परिवर्तन आयो । यो संजालमा वसेर गाउँ घरमा हुने लैंगिक हिंसा, महिला अधिकार र समानता जस्ता विषयमा छलफल गर्दा साँच्चिकै जिवन जिउने खुराक मिलेको अनुभव उनले गरेकी रहेछिन् । ‘पढाई पुरा गरेर वुवाआमालाई पाल्नुपर्छ’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: