सरकारले मदिरा उद्योग बन्द गराई त्यसको सट्टा अन्य व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्छ । लैंगिक हिसा न्युनिकरणका लागि खर्चिने रकमले मुलुकभरका महिला विभिन्न सीपमुलक कार्यक्रम सन्चालन गरे उनीहरू आर्थिक रुपमा आत्मनिर्भर बन्ने थिए ।
पार्वती पाण्डे
कपिलवस्तु । नेपालमा महिला माथि हिंसा भईरहन्छ । सरकारले वर्षेनी ठुलो रकम पनि खर्चेकै छ तर हिंसा कता बाट हुन्छ भन्ने चुरो कुरो पत्ता नलाग्दा लगानी अनुसारको परिणाम आउन सकेको छैन । किन महिलामाथि हिंसा किन हुन्छ भन्ने वारे राजमती रैदासलाई जरो नै पहिल्याउन मन लाग्यो । गाउँमा धैरै जसो घरपरिवारमा श्रीमानले मदिरा सेवन गर्ने र श्रीमतीलाई कुटपिट गर्ने गरेको उनले पाइन । कारण भने वेरोजगार र मदिरा नै हो हिंसाको जरो भन्ने उनलाई लाग्यो । अर्को महिला आर्थिक उपार्जनमा नलाग्ने र पर निर्भर हुँदा उनीहरुमाथि हिंसा हुने उनले पाइन् ।
महिला विहानदेखि रातीसम्म वालवच्चाको रेखदेख गर्ने, खाना वनाउने ,सरसफाई गर्ने , पशुचौपायको हेरविचार गर्ने तर यी कामबाट आयआर्जन नहुने कारण उनीहरुमाथि हिंसा भइरहेको उनको विष्लेषण् छ । घरको कामलाई पुरुषले देख्दैनन् । पैसा आउने कामलाईमात्र काम देख्छन उनको भनाई थियो ।
कपिलवस्तु कज्रहवा की राजमतीले हिंसा अन्त्यका लागि केही उपायपनि सुझाइन् । भनिन् ‘पहिलो सरकारले मदिरा उद्योगलाई बन्द गराई ति व्यवसायीलाई वैकल्पिक व्यवसाय गर्न सघाउ पुर्याउनु पर्छ र दोस्रो गाउँका अशिक्षित महिलालाई आर्थिक उपार्जनका सीप दिनुपर्छ ।’
शंकरमती चौधरीलाई पनि माहिलामाथिको हिंसा अन्त्य गर्न एउटै काम गर्नुपर्छ भन्ने लागेको छ, त्यो हो मदिरा उद्योग वन्द गराउनु पर्छ ।
‘सरकारी र गैरसरकारी क्षेत्रबाट महिला अधिकारमा ठुलो धन खर्च भएको छ, तर हिंसा कहाबाट हुन्छ भन्ने पहिल्याउन सकेको छैन । यसमा ध्यान दिने हो भने लैंगिक हिंसाका लागि खर्च भएको रकमले हामी जस्ता अशिक्षित नेपालका लाखौं महिलाको विभिन्न सीपबाट आर्थिक उपार्जन हुने थियो’ राजमती र शंकरमतीले एकैस्वरमा भने । स्थानिय सवरुन निसा पनि मदिरा बन्द गरेमा धैरै महिलाले दुःख नपाउनेमा विश्वस्त छन् । उनी भन्छिन् , पुरुषले मदिरा सेवन गर्दा एकजना महिलालेमात्र दुःख पाएकी छैनन्, परिवारका वालवालिकालाई समेत नकारात्मक असर परेको छ, जसले गर्दा ती वालवालिकालाई पढाईमा असर अनि मानसिक तनाव बढेको छ, यसलाई राज्यले सोच्नै पर्छ ।’
दक्षिणी भेगका महिला हिजोआज पहिलाको अवस्थाबाट माथि उठेका छन् । अहिले त्यो समुदायका महिला ढुक्क भएर कुरा राख्न सक्ने भएका छन् । अझै सकारात्मक कुरा महिलामाथि हुने हिंसा किन हुन्छ भन्ने कुराको जरो समेत पत्ता लगाउन थालेका छन् । सामाजिक रुपले पनि शसक्त बन्दै गएका छन । जुन समुदायका महिला एकदशक अगाडि आफ्ना कुरा राख्न त परै जाओस् मानिसको मुखसम्म हेर्न नसक्ने अवस्थामा थिए ।
विभिन्न संघ संस्थाले चलाएको अभियानले उनीहरू अधिकारका कुरा बोल्न सक्ने भएका हुन् । त्यस स्थानका महिलालाई विभिन्न तालिम दिएकाले उनीहरू सक्षम हुँदा अधिकारका लागि कुरा राख्ने भएको अधिकारकर्मी जियालु हकिमले वताए । ‘न्यायमा पहुँच सञ्जाल समेत गठन गरी कार्यक्रम गरिएको छ’ उनले भने ।
Comment Here!