बिदुर आचार्य
सिन्धुपाल्चोक (हैवुङ)। जस्ताले बारबेर गरी बनाईएको सानो अस्थाई टहरो छ। मुस्किलले छिर्न सकिने ढोकाबाट चिहाउँदा साँघुरो टहरोभित्र थोत्रो गुन्द्री र गुन्द्रीको एका छेउमा काठले बनाईएको वस्न प्रयोग गरिने पिर्का। त्यसको वाँया छेउमा वाखा्रको खोर धुमिल धुमिल देखिन्छ। त्यही बाद्राको खोरको छेउमा भएको गुन्द्रीमा पिर्का सिरानी वनाएर रात गुजार्ने रहिछन् कान्छीमाया तामाङले।
हैवुङ द्धवरेमा छुट्टै टहरोमा पातलो पछ्यौराले शरीर ढाकेर बसेको अवस्थामा भेटिएकी हुन् कान्छीमाया। बाँसको दलिन, बाँसकै दलिनले बनेको छ कान्छीमायाको घर र चिसो भूँईमा नै उनले हरेक रात गुजार्ने। ६० वर्षीया तामाङ महिनौँदेखि थलिएकी छिन्। गाउँमा कातो नामले परिचित उनको कोही सहारा छैनन्।
केही महिना अगाडी सहनै नसक्ने भएपछि गाँउलेलाई उनले आफ्नो छातीको देब्रे भागमा ठूलो घाउ भएकाले उपचार गर्न सहयोग गर्न अनुरोध गरिन्, तर उनको उनको उपचार अहिलेसम्म सम्भव भएन। न कपडा लगाउन मिल्छ, न त उपचार गर्न सकेकी छिन् ।
वर्ष वित्यो उनको शरिरमा चोलो नपरेको। कपडा घाउमा टाँसिने भएकाले उनी कहिले पातलो पछ्यौराले घाउ छोप्छिन् त कहिले फरियाको फेरले ।
असैह्य भएपछि एक पटक स्वस्थ्य संस्थामा गएको उनी वताउँछिन्। ‘घाउ निकै ठूलो रहेछ , अस्पताल जानु’ स्वस्थ्य केन्द्रमा भनेका रहेछन्। तर न त उनीसँग उपचार गर्ने पैसा छ न त साहारा नै छ? उनी धेरै वोल्न सक्दिनन्। जवाफ पाउन उनलाई एउटै प्रश्न पटक पटक सोध्नुपर्छ। ‘ओछ्यान परेको वर्ष वित्यो, तर अस्पताल मैले देखेकी छैन’ उनले भनिन्, ‘अस्पताल जाउँ भने पैसा छैन, लाने साथी पनि छैन।’
औषधी किन्ने पैसा नभएकी कान्छिमाया असाध्यै गाह्रो भए वेला वेला गाँउकै धामी कहाँ चै पुग्दिरहिछन्। उनी भन्छिन्, ‘वेला वेला धामी आफै घाउ फुक्न आँउछन्।
घाउकै कारण थला परेकी उनी कसैले दया गरेर खान दिए त खान्छिन् नत्र कतिपय दिन भोकै वस्छिन्। ‘कयौ रात भोकै विताएकी छु’ उनी भन्छिन्, ‘भोक भन्दा घाउले वढी पोल्छ।’
राज्यले करोडौँ खर्च गराएर देशका नेता तथा हुने खाने वर्गको उपचार गराउँछ। तर कान्छीमायाहरूको पीडाले सरकारलाई पोल्दैन।
Comment Here!