वैंकको जागिर छाडेर व्यापारमा अपार


प्रकाशित मिति :2016-10-14 12:00:58

लिलाराज भट्टराइ
amrita-subbaसुनसरी । कृषि विकास वैंकको अधिकृतस्तरको जागिर । तलव, भत्ता,सेवासुबिधा सवै गरी मासिक पचास हजार रुपैयाँ हाराहारीमा तलव थियो अमृता सुब्बाको, तरपनि उनले वैंकको जागिर छोडेर ब्यापार सुरु गर्ने निधो गरिन् । चारवर्ष अघि वैंकको जागिर छाडेर व्यवसाय सुरु गरेकी सुनसरी इटहरीकी सुव्वाले यो अवधिमा पछाडी फर्केर हेर्नु परेको छैन । उनी हरित नगरी इटहरीको व्यापारिक क्षेत्रमा सफल व्यवसायीका रुपमा परिचित हुँदैछन्  ।

इटहरी सुन्दरदुलारीमा २०२२ सालमा जन्मेकी उनी सानै उमेरदेखि जिज्ञासु थिइन् । त्यसैले एसएलसी पास गर्नेवित्तिकै उनले वैंकको जागिर पाइन्  । गाँउमा साना किसान विकास आयोजनाको कार्यालय थियो  । अमृताकी  आमाले पनि त्यहाँ वाट ऋण लिनभएकी थिइन् ।

वेला वेलामा उनकी आमाले आयोजनाका हाकिमलाई घरमा फलेका साग सब्जि दिएर पठाउँथिन्  । स्कुल आउँदा जाँदा ती हाकिमलाई भेटदा अमृताले  नमस्कार गर्न कहिल्यै भुलिनन् । ती हाकिमकी वहिनी अमृताकी साथी थिइन् । एक दिन उनले नसोचेको प्रस्ताव आयो । साथीका दाइले जागिर खाने प्रस्ताव गरे  । भर्खरै एसएलसी पास गरेकी अमृताले जागिर खाने उनको प्रस्ताव सहर्ष स्विकारिन् र १७ वर्षकै उमेरमा अमृताले कृषि विकास वैंक अन्तरगतको साना किसान विकास आयोजनामा महिला कार्यकर्ताको जागिर सुरु गरिन्  । जागिर खान थालेको वर्षदिनपछि उनको विवाह भयो । खरिदारस्तरको त्यो पदवाट अधिकृतसम्म पुग्दा उनले तीन दशक कृषि विकास वैंकमा जागिर खाइन्  ।अझै केही वर्ष जागिर खान मिल्थ्यो, तर उनले जागिर छोडेर व्यापार गर्ने निधो गरिन्  ।

अहिले उनी इटहरीमा व्यापारमा मज्जैले जमेकी छन् । इटहरीमा उनको करोडौंको व्यापार व्यवसाय छ । त्यो पसल अहिले उहाकी छोरी साधना सुव्वाले हेर्दैहुहुनुहुन्छ ।

लण्डनबाट इन्टरनेशनल रिलेसनसीपमा स्नातक गरेकी उनकी छोरी साधना समेत आफ्नस् आमाको व्यापारलाई सघाइरहेकी छन् । उनका यातायातदेखि, कपडा पसललगायत थुप्रै व्यवसाय छन् ।  उनका व्यापार व्यवसायमा  २४ जनाले  रोजगारी पाएका छन् । उनका श्रीमान इटहरी नगरपालिकाका पूर्व मेयर सर्वध्वज सावाले पनि उनको व्यापारमा सहयोग गर्दैआएका छन् ।

अमृताकै सकृयतामा २०५५ सालमा ७५ जना महिला मिलेर इटहरीमा महिला वचत तथा ऋण सहकारी संस्थाले अहिले ३३ करोड रुपैयाँको कारोवार गर्छ । अमृता सो संस्थाकी अध्यक्ष हुन् । सुव्वा देशभरका सहकारी संस्थाको संगठन नेफस्कुनको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
सानैदेखि धेरै नै गर्न सक्छु भन्ने आत्मविश्वास थियो त्यसैले होला धेरै क्षेत्रमा हातहाले पनि समय व्यवस्थापन गर्न सकेको अमृता सुव्वा गर्वका साथ वताउँछिन् ।

वैंकमा काम गर्दा पैसा खेलाइरहने वानीले आफू व्यापार तर्फ आकर्षित भएको उनी बताउँछिन् । ‘अहिले केहीलाई रोजगारी दिन सक्ने हुँदा आत्मसन्तुष्टि मिलेको छ, जागिर छोडेकोमा पछुतो छैन’ उनले भनिन्  ।

सफलताको सुत्र

अमृता सुव्वा कुनै पनि  सुरु काम गर्नुअघि त्यसको संभावना कत्तिको छ  र चूनौति के के हुनसक्छन् अगाडी नै जानकार हुनुपर्ने बताउँछिन् ।  आइपर्ने चुनौति सामना गर्न तयार रहनुपर्ने भनाइ उनको छ । ‘नाफा नोक्सानको मूल्याकंन गर्न सक्ने र वजारको वदलिँदो अवस्थालाई मज्जैले अध्ययन गर्न सक्नुपर्छ, निरन्तरता ठूलो कुरा हो, व्यापार सुरु गर्ने वित्तिकै फाइदा भइहाल्छ भन्ने हुँदैन’ उनी थप्छिन् । व्यापार गर्न लगानीको चिन्ता लिन नहुने उनको अनुभव छ  । अहिले  राज्यले पनि व्यवसाय गर्न चाहने महिलालाई विनाधितो ऋण उपलब्ध गराउँन थालेकोमा उनी खुशी छन् ।

 सहकारी संस्थाले सहुलियत ब्याज दरमा विनाधितो ऋण दिन्छन् त्यसैले अहिले उद्यमी बन्न चाहने महिलालाई राम्रो वातावरण बनेको उनले बताइन् । भन्छिन् ‘इच्छा शक्ति,हिम्मत र लगन हुनु महत्वपूर्ण हो ।’  आफूसँग टन्न पैसा भएर व्यापारमा हात नहालेको अनुभव उनले सुनाइन् । अहिलेपनि वैकवाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेको र व्यापार व्यवसाय राम्रो चल्न थालेपछि वैंकहरूले पनि  विश्वास गर्दै जाने उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: