होमस्टेमा सक्रिय वन्दै थारु किशोरी


प्रकाशित मिति :2016-10-14 02:00:25

पार्वती पाण्डे
home-stayकपिलवस्तु । बोली, भाषा, पाहुनालाई सत्कार गर्ने परिपाटी साथै खानपानमा व्यवस्थित देख्दा पछिल्लो समयमा होमस्टे पर्यटकका लागि पहिलो रोजाई बन्दै गएको छ । हसिलो अनुहारका साथमा थारु पहिरनमा चिटिक्क परि थारु समुदायका किशोरीहरू पाहुनाको  स्वागत सत्कारका लागि हातमा  ढकियासहित फूलमाला अबिर लिएर तयार हुन्छन् । निग्लिहवा जगदीशपुरका थारु महिलाको सक्रियता तथा होमस्टेले टोलमा निकै ठुलो परिवर्तन ल्याएको छ ।  आफ्नै भेषभुषामा स्वागत गर्न पाउँदा निकै खुशी लागेका  किशोरी एवं जगदीशपुर जलाशय होमस्टेका सदस्य  सीता थारु बताउँछिन्  ।

विश्व सिमसारक्षेत्रमा सुचिकृत  जगदीशपुर जलाशय नजिकै थारु गाँउमा पर्यटन प्रवद्र्धन गर्नका लागि संचालन भएको होमस्टेले महिला बिशेष गरी किशोरीहरूमा  एउटा छुट्टै सक्रियता तथा मेलमिलापको भावना जगाएको छ ।

कपिलवस्तु जिल्लाको ग्रामीण क्षेत्र भएपनि अहिले बिकास हुने क्रममा रहेको छ । महिला बढी मात्रामा सक्रिय भएर एक आपसमा मेलमिलापको भावनाले गर्दा समाजमा निकै परिवर्तन आएको सरिता  थारुले बताइन् । होमस्ट अहिले आम्दानीको गतिलो माध्यमका रुपमा बिस्तारै हुँदै गरेको अनुभव उनीहरूको छ । गाउँमा स्थानिय जनताको दिगो जिविकोपार्जनसँंगै यस क्षेत्रमा रहेका जैविक बिविधता, संरक्षण, धार्मिक पुरातात्विक वस्तुको संरक्षण साथै थारु समुदायको कला संस्कृतिको पनि संरक्षण भएकाले उनीहरू  निकै खुसी छन् ।

होमस्टेमा बिदेशी तथा स्वदेशी पर्यटक आउने बिस्तारै बढ्दै गईरहेको उनीहरूले बताए । कपिलवस्तु जिल्लाकै बिभिन्न स्थान, छिमेकी जिल्लालगायत नर्बे, बेलायत, जापान, अमेरिकाबाट पर्यटकहरू आउने गरेको छन्  ।

पर्यटकहरूले  थारुका परम्परागत परिकारहरू घोंगी, ढिकरी, वरिया, सोहनी, बुकनी, चिचर, उसिनेको भात, माछाका तरकारी र  लोकल कुखुराको मासु, गङ्गटा, भुजियाको भात, केरुङगाको साग, न्युरो, बेथे, छिटाको साग, सिन्किको झोल, चटनी, डाँखी, झोटी, केवाँ, बम्तीपन झझरा, कचरीआदि बिभिन्न परिकार खुवाइने गरेको  सीता थारुले बताइन् ।

 अपरझट आउने पाहुनाका लागि सामूहिक रुपमा  खाजा तथा खानाको व्यबस्था आधी घण्टा भित्र तयार गर्ने गरेको सुमित्रा थारु  बताउछिन्  । होमस्टेले गाउँमा र खासगरी महिलाको आर्थिक अवसथामा निकै परिवर्तन आएको उनीहरूले बताए । महिलाले साप्ताहिक रुपमा गाँउदेखि जखिरा ताल सम्म सरसफाइ  गर्ने यसमा बिशेष गरी किशोरीहरूको उल्लेखनीय सहभागिता रहने  स्थानीय  सरिता थारुले बताइन् ।

पछिल्लो समयमा गाँउगाउँमा सञ्चालनमा आएका होमस्टेले ग्रामीण अर्थतन्त्रलाई सुधार गर्दै आन्तरिक तथा बाहिय पर्यटकलाई आकर्षित गर्दै जिबन स्थरमा सुधार त भएकै छ साथै बैदेशिक मुद्रा आर्जन गर्ने उपयुक्त स्रोत बन्न थालेको छ । २०७२ माघ १९ गते सिमसार दिवसकै दिन जगदिशपुर जलाशय होमस्टे गठन गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: