हेलिकप्टर अवतरण हुन नसक्दा गर्भवतीको मृत्यु


प्रकाशित मिति :2016-10-14 16:16:39

महिला खबर

ताप्लेजुङ । खराब मौसमका कारण हेलिकप्टर पुग्न नसक्दा ताप्लेजुङमा एक गर्भवतीको मृत्यु भएको छ ।

ताप्लेजुङ पापुङकी ४० वर्षीया गर्भवती पेमा शेर्पालाई लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण पुग्न नसक्दा गएराति मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताउनुभयो ।

पेमालाई लिन पुगेको हेलिकप्टर विहीवार दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण हुन नसक्दा उनको समयमा उद्धार हुन नसकेको हो । पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: