मेक्सिकोमा कम उमेरमै गर्भधारण गर्ने दर अति उच्चः युनिसेफ


प्रकाशित मिति :2016-10-15 15:25:58

महिला खबर

एजेन्सी । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडि) सङ्गठन अन्तर्गत रहेका राष्ट्रमध्ये मेक्सिकोमा कम उमेरमै गर्भधारण गर्ने दर अति उच्च रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले  जनाएको छ ।

युनिसेफले प्रकाशित  गरेको प्रतिवेदन अनुसार मेक्सिकोमा जन्मिएका प्रत्येक एक हजार शिशुका  आमाको संख्या मध्ये १५ देखि १९ वर्ष उमेर समूहका किशोरी आमाको संख्या ६४ रहेको छ ।

त्यसैगरी, किशोरी आमाले जन्म दिएका शिशुको मृत्युदर पनि अति उच्च रहेको पाइएको  प्रतिवेदनले जनाएको छ । यस्ता शिशुको मृत्यु दर एक हजारमा ७७ जना रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवश ११ अक्टोबरमा विश्वभरीका बालिका वा नाबालिग छोरीले भोगीरहेका  उमेरजन्य वा लैंगिक अवस्थाजन्य अवरोधका बारेमा युनिसेफले प्रकाशित गरेको  वार्षिक प्रतिवेदनले मेक्सिकोमा किशोरी गर्भधारण दरको यो तथ्य बाहिर ल्याएको हो   ।

त्यस्तै, वालिकामाथि यौनजन्य हिंसा वा दुराचार दर पनि बढ्दै गएको मेक्सिकोका लागि युनिसेफका प्रतिनिधि क्रिश्चियन स्कूगले बताए ।

सन् २०१२ मा यौनहिंसा र दुराचारका २१ हजार ७१४ केस दर्ता भएकोमा सन् २०१४ मा यो संख्या २३ हजार नाघेकाले यो यौन हिंसाले बढ्दो समस्याको रुप लिएको मेक्सिकाली राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण कार्यक्रमले जनाएको छ ।

ओइसिडिमा अमेरिकी तथा ल्याटिन अमेरिकी राष्ट्र गरी ३५ देश आवद्ध छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: