कौसीमा तरकारी फलाएर  अन्तर्राष्ट्रिय पुरस्कार पाइन् चितवनकी तुलसीले


प्रकाशित मिति :2016-10-16 12:01:05

महिला खबर

tulasi-gyawali  काठमाडौं । घरबाट निस्कने फोहोरलाई मल बनाएर कौसीमा तरकारी फलाउँदै आएकी चितवनकी तुलसी ज्ञवालीले अन्तर्राष्ट्रिय पुरस्कार पाएकी छन् ।  स्विजरल्यान्डको ओमन्स वर्ल्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) ले प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवर्द्धन नेपाल नामक संस्थामार्फत चितवनकी ज्ञवालीलाई  उक्त पुरस्कार दिएको हो  ।

याे पनि पढ्नुहाेस

फाेहरले कमाउँछ पैसा

ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै  ज्ञवालीलाई यो पुरस्कार दिइएको उक्त संस्थाले जनाएको छ ।

ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर उनलाई  त्रिभुवन विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा सुधा शर्माले शनिवार   किर्तिपुरमा आयाेजित एक कार्यक्रममा पुरस्कार  प्रदान गरिन् ।  पुरस्कारको राशि एक हजार डलर एक लाख छ हजार रुपैयाँ रहेको छ ।

ज्ञवालीले घरबाट निस्कने कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमा तरकारी फलाएकी छन् ।

साथै उनले पुनः प्रयोग गर्न मिल्ने बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीबाट  ढकी, ब्याग, टोपी, चप्पललगायतका सामग्री बनाउने गर्छिन् । उनले अरुलाई पनि यो सीप सिकाउँदै आएकी छन्  ।

फाउन्डेसनले मुक्त कमैयाको क्षेत्रमा काम गर्ने निर्मलादेवी चौधरीलाई समेत अवार्डका लागि छनोट गरेको छ ।  नेपालका दुई महिलासहित यो वर्ष विभिन्न देशका गरी नौजनालाई उक्त पुरस्कारका लागि फाउन्डेसनले छनोट गरेको प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवर्द्धन नेपालले जनाएको छ ।

 ग्रामीण जीवनमा सिर्जनशीलतामा लागेर नयाँ अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो अवार्ड दिइन्छ । सन् १९९४ मा स्थापना भएको उक्त अवार्डबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: