राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपमा छनोट


प्रकाशित मिति :2016-10-16 12:45:36

महिला खबर

criket-womenasia

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत शनिवार भएको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपमा छनोट भएको हो । नेपालले कुल छ खेलमध्ये तीनवटामा विजय हाँसिल गरेर ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि एसिया कपका लागि छनोट भएको हो ।

विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपाल दोस्रो भएका कारण आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने एसियाली क्रिकेट कपमा  खेल्ने भएको हो । उक्त प्रतियोगितामा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँगै आयोजक थाइल्यान्डले सोझै प्रवेश पाएका छन् ।

यस्तै थाइल्यान्डले आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगितामा १० अङ्कसहित एसियाली छनौटको पहिलो स्थान प्राप्त गर्दै श्रीलङ्कामा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ ।

यसअघि शनिवार सम्पन्न प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनायो । छयासी रनको विजयी लक्ष्य नेपालले १७.३ ओभरमा प्राप्त गरेको थियो ।

नेपालका लागि नेरी थापाले २२, सीता रानामगरले २० र कप्तान रुबिना क्षेत्रीले अविजित १३ रन बनाएका थिए । प्रतियोगितामा चीनसँग नेपालको यो दोहोरो जित हो । यसअघि पहिलो खेलमा पनि नेपालले चीनलाई २० रनले हराएको थियो ।

प्रतियोगिताअन्तर्गत नेपाल पहिलो खेलमा आयोजक हङकङसँग तथा दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । तेस्रो र चौथो खेलमा नेपालले  चीन र हङकङलाई पराजित गरेको थियो । पाँचौँ खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।

तस्बिरः क्रिकेट एशाेसियसन अफ नेपालको वेव साईटबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: