उपचारपछि फेरिंदै दिनचर्या


उपचारले निको हुन्छ मानसिक रोग

प्रकाशित मिति :2016-10-16 15:15:58

सर्मिला बुढाथोकी

 मनाेविमर्श तथा औषधि दिदै मनोपरामर्शदाता । नियमित उपचार र मनाेविमर्शपछि उनीहरू अहिले निकाे हुँदै छन्

मनाेविमर्श तथा औषधि दिदै मनोपरामर्शदाता । नियमित उपचार र मनाेविमर्शपछि उनीहरू अहिले निकाे हुँदै छन्

दोलखा । आफ्नो परिचय भुल्दै गएकी दोलखा बाबरेकी संगिताको दिनचर्या अहिले फेरिएको छ। तीनवर्षअघि बेहोसीमै दोलखा सुनखानी आइपुगेकी संगिताको सुनखानीका देवीबहादुर शिवाकोटीसँग भेट भयो। अपाङ्गता भएका शिवाकोटीले उनलाई जीवन साथीको रुपमा भित्र्याए।
रात भरी रुने, कराउने, बरबराएर हिँड्ने समस्या भएकी संगिता उपचारपछि अहिले ठिक भएकी छन्। दुईवर्षदेखि गम्भीर मानसिक समस्या (डिप्रेसन)बाट पीडित संगिताको नियमित स्वास्थ्य जाँच र औषधी सेवनपछि अहिले व्यवहारमा परिवर्तन आएको छ। संगिताका श्रीमान् देवीबहादुर भन्छन्– ‘धामी झाँक्रीको भर नपरेको भए पहिले नै निको भै सक्ने रहेछ।’ संगिता अहिले हरेक कुरा बुझ्ने भएकी छिन्। आफूलाई सबै कुराको चेत हुँदै गएको बताउने संगिता परिवारले गरेको सहयोगको प्रशंसा गर्दै भन्छिन्– ‘उहाँ (देवीबहादुर शिबाकोटी)सँग भेट नभएको भए म मरिसक्थ्ये होला।’

उनीहरूको अहिले एक वर्षको छोरा छ। संगिताले छोरा स्याहार्ने र घर परिवारको हरेक काम गर्न सक्ने भएकी छन्। संगितामा देखिएको यो परिवर्तनले देविबहादुरलाई खुशी बनाएको छ। उनी भन्छन् ‘अब उनले मेरो हेरचाह गर्न सक्छिन् भन्ने कुरामा विश्वसत भएको छु।’

दोलखा क्षेत्रपाकी १९ वर्षीया युनिसा उग्रकोटीको दिनचर्या पनि अहिले निकै फेरिएको छ। अनावश्यक सोचले उदासिनताको सिकार भएकी युनिसा उपचार पछि ठिक भएकी छन्। उनी सिलाई कटाई व्यवसाय गरेर जीविकोपार्जन गर्ने योजनामा छिन्। नियमित स्वास्थ्य जाँच र औषधीले युनिसामा सकारात्मक परिवर्तन देखिएको क्षेत्रपाका हेल्थ असिष्टेन्ट मौसम कर्णले जानकारी दिए। मनमा अनेकौं कुरा खेलिरहने, खान मन नलाग्ने, जीवनदेखि हार मान्ने, अत्यधिक डर लाग्ने जस्ता समस्याबाट युनिसा पीडित थिईन्।

भूकम्पपछि मानसिक रोगबाट पीडित बनेकी भिरकोट गाविसकी मनिता कार्की पनि ४ महिनाको नियमित उपचारपछि ठिक भएकी छन्। एक्लै बस्दा डर लाग्ने, सामान्य हलचलले पनि अतालिने जस्ता समस्याबाट पीडित मनिता उपचारपछि ठिक भएपछि सामान्य जीवन शैलीमा फर्किएकी छन्।

भूकम्पपछि मनोसामाजिक समस्या बढ्न सक्ने भन्दै मानसिक स्वास्थ्यसँग सम्बन्धित बिभिन्न संघ संस्थाले दोलखा जिल्लामा कार्यक्रम गर्दै आएका छन्। कार्यक्रमकै क्रममा बहुँसांस्कृतिक मनोसामाजिक संस्थालेमात्र १६४ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिएको जनाएको छ।

सातसय भन्दा बढी मनोसामाजिक समस्या भएको विरामीले स्वास्थ्य सेवा लिईसकेको बहुँसांस्कृतिक मनोसामाजिक संस्थाकी जिल्ला संयोजक गंगा रिमालले जानकारी दिईन्। त्यस्तै अन्य केही संस्था एवं सरकारी स्वास्थ्य केन्द्रहरूले समेत गरी जिल्लामा दुई हजार भन्दा बढी मनोसामाजिक समस्या भएकाले स्वास्थ्य सेवा लिई रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: