जुवा खेलेको पैसा सामाजिक काममा


प्रकाशित मिति :2016-10-17 11:26:24

महिला खबर

police-office
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जुवा खेल्दै गरेका पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूबाट तीस हजार रुपैयाँ पनि जफत गरिएको छ । चौतारा पीपलडाँडावाट शनिवार विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ । जफत गरेको नगद चौतारास्थित वृद्धाश्रम र पलाञ्चोक भगवती मन्दिर संरक्षणकालागि सहयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी चौतारा वृद्धाश्रमकी कोषाध्यक्ष होमकुमारी पुरी र पलाञ्चोक भगवती मन्दिर संरक्षण समितीको अध्यक्ष तोकवहादुर वस्नेत लाई नगद हस्तान्तरण गरेको हो ।

चाडपर्व मनाउने नाममा सामाजिक विकृती भित्रने आशंकामा प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा नीति अवलम्वन गरेको थियो । नीति अनुरुप प्रहरीले दसैंदेखि तिहारसम्म विशेष सुरक्षाको लागि प्रहरी परिचालन जारी राख्ने जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकृष्ण अधिकारीले चाडपर्वको नाममा जुवा, तास, मदिरा जस्ता पारिवारीक तथा सामाजिक समस्या भित्रिने कुनैपनि गतिविधिमा कोही पनि समावेश नहुन अनुरोध गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: