‘डियुटी’मै बित्यो दसैं


प्रकाशित मिति :2016-10-17 13:17:42

विदुर आचार्य
docसिन्धुपाल्चोक। जिल्ला अस्पताल चौताराकी डाक्टर सविना पराजुलीको दसैं बिरामीको हेरचाह गर्दै वित्यो। कर्मथलोबाट बीस किलोमिटरको दुरीमा रहेको उनको परिवारसँग दसैं मनाउने उनको रहर पुरा हुन सकेन।

प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सरिता रिमालले पनि यो वर्षको दसैं ‘डियुटी’मै विताईन्।

police

चितवन घर भएकी रिमाललाई परिवारसँग दसैं मान्ने अवसर यो साल पनि जुरेन। परिवारसँग दसैं मनाउन नपाएको उनको यो पहिलो अनुभव भने होईन।

यो सँगै दसैंमा घर जान नपाएको उनको पाँचौ पटक भैसक्यो। परिवारसँगै हुन नपाएकोमा उनलाई त्यती धेरै विस्मत पनि छैन।

‘आफ्नो उर्वर समय देश र जनताको सेवामा लाग्ने कसम खाएरै सेवामा आएकी हुँ, चाडपर्वमा थप शान्ति सुरक्षा जरुरत हुने हुनाले हामी हर समय खटिएका छाैं र त हाम्रा आमा, दिदीवहिनीहरूले शान्ति पुर्वक चाडवाड मानेका छन्’ उनले भनिन्।

रिमाल जस्तै पुर्णकुमारी कुँवरले पनि यो वर्षको दसैं प्रहरी कार्यालयमै मनाईन्। तिहार परिवारसँगै मनाउने तयारीमा रहेकी उनी दसैंमा घर जान नपाएकोमा धेरै दुखी भने देखिईनन्। ‘वानी परिसक्यो’ उनी भन्छिन्, ‘हामी सवै प्रहरीले ढुक्कसँग चाडवाड मनायौँ भने जनताको सुरक्षा कस्ले गर्छ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: